default_image

2 years ago

May 15, 2023

ग्रिनल्यान्ड र भ्याली पब्लिक फाइनलमा

256 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड र भ्याली पब्लिक छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

थ्री बाइ थ्रीको प्रतिस्पर्धामा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २१–६ तथा भ्याली पब्लिकले एचएचसीएलाई ११–५ ले पराजित गरे ।

बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा भ्याली पब्लिक र पृथ्वीले उपाधि भिडन्त पक्का गरे । भ्याली पब्लिकले फेरिल्यान्डलाई ३०–१४ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा मुस्कान गुरुङले १० अंक योगदान गरिन् ।

बबिता घिमिरेको १३ अंक सहयोगमा पृथ्वीले एचएचसीएलाई २४–१७ ल हरायो । एन्जल्स हार्ट र गोल्डेनपिक जुनियर ब्वाइजको उपाधिका लागि भिड्ने भएका छन् । एन्जल्स हार्टले आयोजक बीएनएलाई २१–१४ ले पाखा लगायो । एन्जल्स हार्टका रुपेश पौडेलले १३ स्कोर गरे ।

स्किब्स विरुद्धको खेलमा गोल्डेनपिक २३–१५ ले विजयी भयो । गोल्डेनपिकका अमन गुरुङले ९ अंक जोडे । तीनै स्पर्धाको फाइनल मंगलबार हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.