2 years ago
May 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतको पञ्जाबमा भएको प्रथम इन्डो–नेपाल अन्तर्राष्ट्रिय र्मासल आर्ट प्रतियोगितामा पदक जित्न सफल ताकेश्वर उमा कुङफुका खेलाडीलाई काभ्रेस्थली खेलकुद उपभोक्ता समितिले शनिबार नगदसहित सम्मान गरेको छ ।
काभ्रेस्थलीको ग्रिन हिल्स एकेडेमीमा भएको दोश्रो तारर्केश्वर मेयर कप तेक्वान्दो प्रतियोगिताको समापनका अवसरमा खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो ।
सम्मानित हुने खेलाडीमा स्वर्ण र रजत विजेता साइना महर्जन, सिम्रिका कुँवर, दर्शना तामाङ र आर्यन रावल, रजतधारी प्रशंसा तामाङ तथा कायंस्य विजेता राजन तामाङ रहेका छन् ।
नोभेम्बर ५ र ६ तारिखमा भएको प्रतियोगितामा प्रशिक्षकको जिम्मेवारी निभाएका ताकेश्वर उमा कुङफुका प्रमुख प्रशिक्षक रमेश महर्जन पनि नगदसहित सम्मानित भए ।
उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका वडा २ का अध्यक्ष राधाकृष्ण खड्गी, काभ्रेस्थली खेलकुद उपभोक्ता समितिका अध्यक्ष प्रवीण खड्गी र तार्केश्वर नगर तेक्वान्दो कार्य समितिका अध्यक्ष विक्रम खड्गीले एक कार्यक्रमबीच नगद र प्रशंसा पत्रसहित सम्मान गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]