2 years ago
May 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्ट र आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १३–९ ले पराजित ग¥यो । एन्जल्स हार्टको जितमा रुपेश पौडेलले ७ अंक योगदान गरे । दिपेश पण्डितको ९ अंक सहयोगमा बीएनएले गोल्डेपिकलाई २०–१६ ले हरायो ।
सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा ग्रिनल्यान्डले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई ११–६, पृथ्वीले विन्डी हाउसलाई ११–१० र गोल्डेनपिकले स्काइलार्कलाई १५–१० ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
सिनियर गल्र्समा भने क्वाटरफाइनल समीकरण तयार भएको छ । एचएसीएले एलएनए, बीएनएले पृथ्वी, भ्याली पब्लिकले काठमाडौं ग्लोबल तथा नेपाल मोडेलले फेरिल्यान्ड विरुद्ध क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]