default_image

2 years ago

May 12, 2023

तीन विभागसँगै कर्णाली सेमिफाइनलमा

246 views

0 Bookmark

पाल्पा (हाम्रो खेलकुद) – तीन विभागीय टोलीसँगै कर्णाली प्रदेश राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पाल्पा तानसेनको रानीमहल नजिकै कालीगण्डकी नदीको किनारमा शुक्रबार भएको समूह चरण र क्वाटरफाइनलको खेलसँगै बिच भलिबलको सेमिफाइनल समिरकण पूरा भएको हो ।

तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबसँगै कर्णाली प्रदेश अन्तिम चारमा पुग्न सफल भएका हुन् ।

पहिलो क्वाटरफाइनलमा आर्मीले मधेश प्रदेशलाई २१–११ र २१–१४ को सोझो सेटमा हरायो । अर्को खेमा कर्णालीले गण्डकीलाई २१–१७ र २१–१४ ले तथा एपीएफले लुम्बिनी प्रदेशलाई २१–१० र २१–१२ को सोझो सेटमा पाखा लगाए ।

अन्तिम क्वाटरफाइनलमा पुलिसले आयोजक सन्जय मेमोरियल फाउन्डेसनमाथि २१–९ र २१–१५ को सेटमा जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भयो ।

त्यसअघि लिगकम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा शुक्रबार भएको सूमह चरणको खेलमा सुदूरपश्चिम अनुपस्थित भएपछि आर्मी समूह ‘ए’ को विजेता बन्यो ।

आयोजक सन्जय मेमोरियल फउन्डेसनले बागमती प्रदेशलाई २१–१४ र २१–११ तथा तेस्रो एपीएफले मधेश प्रदेशलाई २१–१२ र २१–१० को सोझो सेटमा पाखा लगायो । समूह चरणको अन्तिम खेलमा पुलिसले कर्णालीलाई २१–११ र २१–१४ को सेटमा हराएको थियो ।

अब फाइनल प्रवेशका लागि आर्मी र कर्णाली तथा एपीएफ र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफी सहित १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनमा बिहीबारबाट सञ्चालनमा आएको प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि १० टिम सहभागी छन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.