2 years ago
May 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्किब्स र इडेन ब्रिज एकेडेमी (स्किब्स) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
स्किब्सले फेरिल्यान्डलाई १३–११ ले पराजित ग¥यो । स्किब्सको जितमा सुहान तामाङले ९ अंक योगदान गरे । निकेश मगरको ७ अंक सहयोगमा इबीएले सेबलाई १६–९ ले हरायो ।
सिद्धार्थ पनि ग्रिनल्यान्डलाई १३–१० ले पाखा लगाउदै क्वाटरफाइनलमा पुग्न सफल भयो । सिद्धार्थका सविन तामाङले ५ अंक जोडे । सिनियर गल्र्समा दोहोरो जित निकाल्दै भ्याली पब्लिक क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो ।
भ्याली पब्लिकले पृथ्वीमाथि २८–१५ को जित दर्ता ग¥यो । विजेताकी लोरिशा गौचनले १० स्कोर गरिन् । अर्को खेलमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३०–१० ले पन्छायो । भ्याली पब्लिककी अनिता गुरुङले ११ अंक जोडिन् ।
सिनियर गल्र्समै नेपाल मोडेलले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई १५–११, फेरिल्यान्डले बेल मोन्टलाई २४–१० र काठमाडौं ग्लोबलले ह्वाइट माउन्टेनलाई १४–११ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
नेपाल मोडेलकी चुनिमा गुरुङले ८, फेरिल्यान्डकी स्नेहा महतले १० र काठमाडौं ग्लोबलकी नेम्का हमालले ५ अंक जोडे । सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा नेपाल मोडेलले काठमाडौं ग्लोबललाई १३–७ ले पराजित ग¥यो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]