2 years ago
May 11, 2023
पाल्पा (हाम्रो खेलकुद) – दोहोरो जित निकाल्दै गण्डकी प्रदेश राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पाल्पा तानसेनको रानीमहलनजिकै कालीगण्डकी नदीको किनारमा बिहीबारदेखि शुरु भएको प्रतियोगितामा गण्डकीले आयोजक सन्जय मेमोरियल फाउन्डेसन र बागमती प्रदेशलाई समान २–० को सोझो सेटमा पराजित गरी अन्तिम आठमा पुग्न सफल भएको हो ।
आयोजक सन्जय मेमोरियलमाथि २१–११ र २१–१५ को जित निकालेको गण्डकीले बागमतीमाथि २१–१६ र २१–१५ को सहज जित निकाल्न सफल भयो । दोहोरो जितसँगै गण्डकी समूह ‘बी’ को विजेता बन्यो । अब यो समूहबाट आयोजक सन्जय र बागमतीबीचको विजेता उपविजेता बनेर क्वाटरफाइनलमा पुग्नेछ ।
यस्तै विभागीय त्रिभुवन आर्मी क्लबले पनि विजयी शुरुवात गरेको छ । आर्मीले लुम्बिनीमाथि २१–१५ र २१–११ को सेटमा जित निकाल्यो । आर्मीसँग पराजित लुम्बिनीले भने सुदूरपश्चिम प्रदेशबाट वाकओभर पायो । सुदूरपश्चिम प्रदेश समयमै कोर्टमा नपुगेपछि लुम्बिनी विजेता बन्यो ।
प्रतियोगिताको बिहीबार तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गर्दै रानीमहललाई बिच भलिबलको हब बनाउने लिखित प्रतिबद्धता समेत जनाए ।
सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा बिहीबारदेखि शुरु भएको प्रतियोगिता शनिबारसम्म चल्नेछ । प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय टोली र आयोजक गरि १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफी सहित १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।