2 years ago
May 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भुपेन्द्र गुरुङ र उद्धव थापा मगर सेल्फ डिफेन्स कोर्स तथा सेमिनारमा सहभागी हुन बुधबार इङल्यान्ड प्रस्थान गरेका छन् ।
सेमिनार मे १३ र १४ तारिखमा इङल्यान्डको ब्रिडलिङटनमा हुनेछ । सेमिनारमा विभिन्न २७ राष्ट्रका ग्रान्ड मास्टर्सको सहभागिता रहने गुरुङले जानकारी गराए ।
भुपेन्द्र नेपाल उमा कुङफु संघका महासचिव हुन् भने मगर सोही संघका पूर्व अध्यक्ष एवं वर्तमान सहायक मुख्य प्रशिक्षक हुन् । दुवैले सेमिनारबाट हासिल गरेको ज्ञान अरुलाई सिकाएर व्यवहारमा उतार्ने बताए ।
उनीहरुलाई आदिवासी खेलकुद संघ नेपालका पदाधिकारीले एक कार्यक्रमबीच बिदाइ गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]