2 years ago
May 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कान्तिपुर पब्लिकेशन्सले आयोजनामा ११औं कान्तिपुर हाफ म्याराथन आउँदो जेठ ६ गते हुने भएको छ ।
प्रतियोगितामा यसपालि पहिलो पटक कलेज रन विधा थपिएको छ । ७ किलोमिटर दुरीमा हुने यस विधामा १८ वर्षमाथिका विद्यार्थीले दौडन पाउनेछन् ।
यसबाहेक हाफ म्याराथन (२१.१ किमी), कर्पोरेट (५ किमि) र ह्विलचेयर (३ किमि) गरी अन्य विधा यथावत नै रहेको पब्लिकेशन्सका सीईओ महेश स्वा“रले बताए ।
उनले विभिन्न देशमा हुने सिटी म्याराथनको अवधारणामा कान्तिपुर म्याराथनले दशक यात्रा पार गर्नु आफैंमा ठूलो उपलब्धि भएको बताए ।
हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले जनही १ लाख रुपैया“ पुरस्कार पाउने छन् । दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पा“चौंले १० हजार र छैटौं हुने खेलाडीले ५ हजार रुपैयाँ पाउने छन् ।
शारीरिक रूपमा फरक क्षमता हुने ह्विलचेयरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार पाउनेछन् । कलेज रनतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले केएफसीबाट फुड गिफ्ट भौचर पाउनेछन् ।
कर्पोरेटतर्फ विजेतालाई केएफसी र ह्याम्स अस्पतालको तर्फबाट विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने छ । सबै विधामा गरि ३ हजारभन्दा बढीले भाग लिने आयोजकको अपेक्षा छ । खेलाडी दर्ताका लागि जेठ १ गतेसम्म समयसीमा रहेको र खेलाडी दर्ता निःशुल्क रहेको जनाइएको छ ।
कान्तिपुरको मुख्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हु“दै सेन्ट्रल बिजनेस पार्कमै आएर दौड टुंगिने छ ।
गत वर्ष पुरुषमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र महिलामा नेपाल पुलिस क्लबकी राजपुरा पछाईं विजेता भएका थिए । महिलातर्फ यसअघि आफूले भाग लिएको आठमध्ये ५ संस्करणमा कान्छीमाया कोजुले उपाधि जितेकी छन् । पुरुषतर्फ हरिकुमार रिमालले चार पटक उपाधि जितिसकेका छन् ।
पूर्व विजेताहरू
वर्ष विजेता (पुरुष – महिला)
२०६७ अर्जुनकुमार बस्नेत – कान्छीमाया कोजु
२०६८ हरिकुमार रिमाल- बृन्दा श्रेष्ठ
२०६९ कल्याण बानियाF – कान्छीमाया कोजु
२०७० अनिश थापामगर- कान्छीमाया कोजु
२०७१ हरिकुमार रिमाल – विश्वरुपा बुढा
२०७२ गोपीचन्द्र पार्की- रेशु बस्नेत
२०७३ हरिकुमार रिमा- कान्छीमाया कोजु
२०७४–७५ हरिकुमार रिमाल – कान्छीमाया कोजु
२०७६ अनिश थापामगर – विश्वरुपा बुढा
२०७९ गोपीचन्द्र पार्की – राजपुरा पछाई
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]