default_image

2 years ago

May 9, 2023

प्रतिभा, कृपा र सरस्वती अन्तिम छनोटमा परेनन्

579 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका सदस्यद्धय स्पाइकर प्रतिभा माली, सेटर कृपा अधिकारीसँगै लिवेरो सरस्वती जैशी जेठ दोस्रो सातादेखि नेपालमा आयोजना हुने एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको अन्तिम टोलीबाट बाहिरिएका छन् ।

नेपाल भलिबल संघले मंगलबार अन्तिम १४ सदस्यीय टोलीको घोषणा गर्दा राष्ट्रिय टोलीका भरपर्दा स्पाइकर प्रतिभा, सेटर कृपा अधिकारी र लिवेरो सरस्वती जैशी टोलीबाट बाहिरिएका हुन् ।

चोटका कारण प्रतिभा टोलीमा नपर्दा आर्मीकी कप्तान कृपा अधिकारी र लिबेरो सरस्वती जैशीले पनि काभा च्यालेन्ज कपमा स्थान बनाउन असफल भएका हुन् ।

प्रतिभा, कृपा र सरस्वती बाहिरिदा मिडल ब्लकर कविता भट्ट, मिडल ब्लकर संगम महतो, सेटर प्रगति नाथ, स्पाइकर रिमा कुँवर, पुजा चौधरी र लिवेरो शान्ति कला तामाङ पहिलोपटक टोलीमा पर्न सफल भएका छन् ।

स्पाइकर निरुता ठगुन्ना र पुनम चन्दले टोलीमा पूनरागमन गरेका छन् । कप्तान अरुणा शाही, सरस्वती चौधरी, साफिया पुन, उषा भण्डारी, कामना विष्ट र सलिना श्रेष्ठ टोलीका पूराना खेलाडी हुन् ।

नेपाल भलिबल संघले फागुन ७ गतेबाट २१ सदस्यीय टोलीबाट प्रशिक्षण सुरु गरेको थियो । प्रशिक्षण दौरान नै प्रतिभाले चोट बोक्न पुगेका थिए । प्रशिक्षण दौरान नै उनको शल्यक्रिया गरिएको थियो । संघले दोस्रो चरणमा १७ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो ।

एनएससी काभा महिला च्यालेन्ज कप जेठ ८ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ । च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ ।

आयोजक तथा घरेलु टोली नेपालले जेठ ८ मा कीर्गिस्तानसँग खेल्दै काभा महिला भलिबल च्यालेन्ज कपको सुरुवात गर्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ ।

सात दिने प्रतियोगिताको सुरुवाती तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् । नेपालले जेठ ९ गते बंगलादेशसँग, र जेठ १० गते भारतसँग खेल्नेछ । समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।

दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । च्यालेन्ज कपमा कुल २० खेल हुनेछ । च्यालेन्ज कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकम र कान्तिपुर टेलिभिजनले गर्नेछन् ।

१४ सदस्यीय नेपाली टोली
अरुणा शाही (कप्तान), सरस्वती चौधरी (स्पाइकर), निरुता ठगुन्ना (स्पाइकर), कविता भट्ट (मिडल ब्लकर), पुजा चौधरी (स्पाइकर), सलिना श्रेष्ठ (लिवेरो), प्रगति नाथ (सेटर), रिमा कुँवर (स्पाइकर), साफिया पुन (मिडल ब्लकर), संगम महतो (मिडल ब्लकर), उषा भण्डारी (स्पाइकर), कामना विष्ट (स्पाइकर), पुनम चन्द (स्पाइकर) र शन्तिकला तामाङ (लिवेरो)

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.