2 years ago
May 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – वडा २ र वडा ४ ले १० औं कीर्तिपुर नगरपालिका अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । वडा २ पुरुष तथा वडा ४ महिलामा च्याम्पियन बनेका हुन् ।
कीर्तिपुर बास्केटबल एसोसिएसन र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा वडा २ ले वडा ३ लाई ५१–४४ ले पराजित ग¥यो ।
विजयी टिमका लागि प्रवीण गुरागाईंले १६ अंक जोडे । कीर्तिपुरस्थित कभर्डहलमा भएको महिलाको उपाधि भिडन्तमा वडा ४ ले वडा ६ लाई ५५–५० ले हरायो । वडा ४ की मुना महर्जनले ३५ स्कोर गरिन् ।
पुरुष र महिला दुवैमा पहिलो हुनेले २० हजार तथा दोश्रोले १५ हजार नगद पुरस्कार प्राप्त गरे । पुरुषमा वडा २ का नरेश महर्जन तथा महिलामा वडा ४ की मुना महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै जनही ५ हजार नगदबाट पुरस्कृत भए ।
विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बैशाख ९ गतेदेखि सुरु भएको प्रतियोगिताको पुरुषमा ११ तथा महिलामा ६ टिम सहभागी थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]