2 years ago
May 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि नेपालमा आयोजना हुने एनएससी काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ को ट्रफी अनावरण गरिएको छ ।
आयोजक नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलन गरी जेठ ८ गते सोमबारदेखि १४ गते आइतबारसम्म राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने एनएससी काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ को ट्रफी अनावरण गरिएको हो ।
ट्रफी राखेपका सदस्य–सचिव टंकलाल घिसिङले अनावरण गरे । ट्रफी अनावरणमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, उपाध्यक्ष गौतम लासिवा, प्रतियोगिता सल्लाहकार तथा पूर्व अन्र्तराष्ट्रिय भलिबल खेलाडी मिनध्वज खड्का, महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जान डे ब्रान्ट र नेपाली महिला टोलीका कप्तान अरुणा शाहीलगायतको उपस्थिति रहेको थियो ।
ट्रफी अनावरण गर्दै सदस्यसचिव घिसिङले महिला टिमले यो भन्दा अघि दुई उपाधि उचालिसकेको र यसपटक घरेलु मैदानमा ह्याट्रिक उपाधि जित्ने समय आएको बताउँदै टोलीलाई शुभकामना प्रदान गरे ।
‘इतिहासले फेरि एउटा मौका दिएको छ । नेपाली महिला टिम साच्चिकै सक्षम छ । ह्याट्रिक गर्ने अवसर जुरेको छ ।’ सदस्यसचिव घिसिङले भने, ‘नेपालको नक्सासहितको ट्रफीलाई नेपालमै राख्ने अवसर पाएका छौं । त्यो क्षण आइपुगेको छ । चुम्न सक्नेमा विश्वस्त छु ।’
यस्तै सदस्यसचिव घिसिङले नेपाल भलिबल संघले पछिल्लो समय निकै राम्रो कार्य गरिरहेको बताउँदै यस च्यालेन्ज कपको लागि परिषद साथमा रहेको बताए ।
संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले सन् २०१९ मा पुरुषको प्रतियोगिता आयोजना गरेपश्चात यसपटक महिलाको प्रतियोगिता आयोजना गर्न लागिएको बताउँदै प्रतियोगिता आयोजना गर्न धेरै कठिनाई रहेको थपे ।
‘प्रतियोगिता आयोजना गर्न धेरै कठिनाई छ । राखेप सदस्यसचिव घिसिङकै पहलमा हामीले प्रतियोगिता आयोजना गर्न लागेका हौं । प्रतियोगिताको लागि कभर्डहल मर्मत कार्य सकिसकेको छ । राखेप मुख्य प्रायोजक रहेको छ । अन्य सहयोग आउने क्रम जारी छ ।’ अध्यक्ष चन्दले भने, ‘विदेशी प्रशिक्षक पनि राखेपकै सहयोगमा ल्याएका हौं । काजकस्तान एसियाको शीर्ष पाँचौं राष्ट्र हो । काजकस्तानसँगै किर्गिस्तान र उज्वेकिस्तानलाई नेपालमा ल्याउन सक्नु ठुलो कुरो हो । सबै टोली उत्तिकै बलियो छ, हाम्रो टिम पनि कम छैन । हामी आशा गरौं नेपाल च्याम्पियन बन्छ । तर, यसपालीको टिम भनेको एसयन गेम्समा देखिने टोली हो । यस्तै अध्यक्ष चन्दले काभा च्यालेन्ज कप सकिएलगत्तै कभर्डहलको काम सुरु गर्ने थपे ।
उपाध्यक्ष गौतम लासिवाले ट्रफी अनावरण भएको र अब काम गर्ने समय धेरै नभएकाले सबै मिलेर काम गरेर यो प्रतियोगितालाई देशको इज्जत ठानेर सम्पन्न गर्न सबैले भुमिका निभाउन आग्रह गरे ।
ट्रफी अनावरण दौरान ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले काभा च्यालेन्ज कपका लागि संघलाई १ लाख रुपैयाँ सहयोग प्रदाान गरेका छ । ढोरपाटनकी वरिष्ठ कोषाध्यक्ष छल कुमारी छन्त्यालले संघका कोषाध्यक्ष श्याम श्रेष्ठलाई नगद १ लाख रुपैयाँ प्रदान गरे ।
काभा वुमन्स भलिबल च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । आयोजक तथा घरेलु टोली नेपालले जेठ ८ मा कीर्गिस्तानसँग खेल्दै काभा महिला भलिबल च्यालेन्ज कपको सुरुवात गर्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ ।
सात दिने प्रतियोगिताको सुरुवाती तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् । नेपालले जेठ ९ गते बंगलादेशसँग, र जेठ १० गते भारतसँग खेल्नेछ । समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् । दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् ।
च्यालेन्ज कपको लागि संघले दोस्रो चरणमा १७ खेलाडी छनोट गरेर प्रशिक्षण गराईरहेको छ ।
दोस्रो चरणको १७ सदस्यीय टोली
अरुणा शाही (गण्डकी), सरस्वती चौधरी (एपीएफ), निरुता ठगुन्ना (एपिएफ), कविता भट्ट (एपीएफ), पुजा चौधरी (एपीएफ), प्रतिभा माली (न्यु डायमण्ड), सलिना श्रेष्ठ (न्यु डायमण्ड), प्रगति नाथ (न्यु डायमण्ड), रिमा कुँवर (न्यु डायमण्ड), कृपा अधिकारी (आर्मी), साफिया पुन (आर्मी), सरस्वती जैशी (आर्मी), संगम महतो (आर्मी), उषा भण्डारी (पुलिस), कामना विष्ट (पुलिस), पुनम चन्द (पुलिस) र शन्तिकला तामाङ (पुलिस)
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।