2 years ago
May 8, 2023
सोलुखुम्बु (हाम्रो खेलकुद) – राजेश मगर र निश्मा श्रेष्ठले सोलुखुम्बुको रत्नाङ्गेमा भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको उपाधि जितेका छन् ।
पुरुषतर्फको इलिटमा राजेशले आठ वटा स्टेज रेशमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भए । यसै विधामा क्रिस्टोफर किलिङ्स दोस्रो हुँदा तेन्गि रोबर्ष तेस्रो भए ।
पहिलो स्थान हासिल गरेका राजेशले ३० हजार प्राप्त गरे । त्यस्तै दोस्रो स्थान हासिल गरेका क्रिस्टोफरले २० हजार पाउँदा तेस्रो हुने तेन्गिले १० हजार पाए ।
महिलातर्फ निश्मा पहिलो हुँदा लक्ष्मि मगरले दोस्रो स्थान हात पारिन् । त्यस्तै उषा खनाल तेस्रो भइन् । निश्माले ३० हजार प्राप्त गरिन् । त्यस्तै दोस्रो स्थान हासिल गरेकी मगरले २० हजार पाउँदा तेस्रो हुने उषाले १० हजार पाइन् ।
पुरुषतर्फको मास्टर्ष विधामा दिनेश महर्जन पहिलो हुँदा मनोज क्षेष्ठ दोस्रो हुँदा विनेश तुलाधर तेस्रो भए । त्यस्तै जुनियरतर्फको विधामा छिरिङ पासाङ शेर्पा पहिलो हुँदा दुर्बेश विक्रम शाह दोस्रो भए ।
यो विधामा दुई मात्र खेलाडीले सहभागिता जनाएका थिए । दुबै विधाका खेलाडीहरुले केटीएम सिटी र कोलम्बसबाट गिफ्ट ह्याम्पर प्राप्त गरे । फाप्लु माउन्टेन बाइक क्लबले रत्नाङ्गेमा पहिलो पटक आयोजना गरेको प्रतियोगितालाई केटीएम सिटीले मुख्य प्रायोजकको रुपमा सहयोग गरेको हो ।
चार विधामा २६ राइडर सहभागी प्रतियोगितामा दुई विदेशी राइडरले पनि प्रतिस्पर्धा गरेका थिए । हाइ अल्टिच्युटमा हुने माउन्टेन रेस र पर्यटन पर्वद्धनमा सहयोग पु¥याउन प्रतियोगिताको आयोजना गरिएको फाप्लु माउन्टेन बाईक क्लबका अध्यक्ष आङ छिरिङ शेर्पाले बताए ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]