default_image

2 years ago

May 8, 2023

मन्देकाजी अस्ट्रेलियामा सम्मानित

356 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णपदक विजेता कराते खेलाडी तथा प्रशिक्षक मन्देकाजी श्रेष्ठ अस्ट्रेलियामा सम्मानित भएका छन् ।

मन्देकाजीलाई एनआरएन अस्ट्रेलियाले सात सय अस्ट्रेलियन डलरसहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा एआरएन ओसियन संयोजक दिनेशराज जोशी, एनआरएन स्पोर्टस एकेडेमीका सहअध्यक्ष डा‍‍‍. राजु मानन्धर, एनआरएन आइसिसी मिडिया उपसंयोजक हेमन्त काफ्ले, जन सम्पर्क समिति अस्ट्रेलियाका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष इथान शाक्य लगायतको उपस्थिति थियो ।

सम्मान गरेकोमा धन्यवाद दिँदै मन्डेकाजी आगामी दिनमा राम्रो गर्ने हौसल प्रदान गरेको बताए । मन्देकाजी हाल अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षकको भुमिकामा छन् । प्रतियोगितामा नेपालका लागि दिवस श्रेष्ठले स्वर्ण तथा नवीन रसाईली र राजिव पुडासैनी, मनिष थापा क्षेत्री र मलिका थापाले कास्य पदक जितेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.