2 years ago
May 7, 2023
अस्ट्रेलिया । अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवश श्रेष्ठले स्वर्ण पदक जितेका छन् । उनले ८४ केजीमाथिको तौल समूहमा नेपालाई स्वर्ण दिलाएका हुन् ।
दिवसले फाइनलमा न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई हराउँदै स्वर्ण जितेका हुन् । दिवसले घरेलु भुमीमा सन् २०१९ मा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजतपदक जितेका थिए ।
यस्तै नेपालले थप चार कास्य पदक जितेको छ । ६७ केजीमुनिको तौल समूहमा नवीन रसाईली र राजीव पुडासैनीले कास्य जिते । नवीन १३औं सागका स्वर्णधारी तथा राजीव सागका कांस्य विजेता हुन् ।
६० केजीमुनिको तौल समूहमा मनिष थापा क्षेत्री कास्य जिते । महिलातर्फ ५५ केजीमुनिको तौल समूहमा मलिका थापा क्षेत्रीले कास्य जितिन् । शेखर श्रेष्ठ क्वार्टरफाइनलमा अस्ट्रेलियन खेलाडीसँग पराजित भए ।
सुशील पौडेल भने स्वास्थ्य समस्याका कारण खेलमा उपस्थित हुन नसकेको १३औं सागका दोहोरो स्वर्णधारी विजेता तथा प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]