2 years ago
May 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विनय सिंह र मन्जु विकले २१औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
खुला तौलसमूहको पुरुषमा विनय तथा महिलामा मन्जु पहिलो भएका हुन् । दुवै नेपाल आर्मीका खेलाडी हुन् । नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा विनयले क्योकुसिन कानका सन्तोष विश्वकर्मालाई पराजित गरे ।
क्योकुसिनकानका रविन्द्र बुढाथोकी तेश्रो तथा रानीपोखरीका होमबहादुर राई चौथो भए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा भएको प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा मन्जुले आर्मीकै अनुपा नेपालीलाई हराइन् । आर्मीकी सपना आले मगर तेश्रो तथा रानीपोखरीकी अनिशा तामाङ चौथो स्थानमा रहे ।
महिला ५० केजीमुनि बुदोकैदोकी उषा रावल पहिलो भइन् । उषाले फाइनलमा क्योकुसिन वज्रकी आशा गिरीको चुनौती पन्छाइन् । केडब्लुडब्लुकी सिवानी आले मगर तेश्रो तथा क्योकुसिन वज्रकी स्वस्तिका थारु चौथो बने ।
विजेतालाई पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान, आयोजक संघका संस्थापक अध्यक्ष जगतप्रसाद गौचन, आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]