default_image

2 years ago

May 5, 2023

आशा र स्वस्तिका सेमिफाइनलमा

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्योकुसिन वज्रका आशा गिरी र स्वस्तिका थारु २१औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताअन्तर्गत महिला ५० केजीमुनि सेमिफाइनलमा प्रवेश गरेका छन् ।

उनीहरुसंगै केडब्लुडब्लुकी सिवानी आले मगर तथा बुदोकैदोकी उषा रावलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको पुरुष खुलामा आर्मीका विनय सिंह, एपीएफका भुपेन्द्र विक, केडब्लुडब्लुका होमबहादुर राई, क्योकुसिन वज्रका अनुप श्रेष्ठ, एफआईकेकेका विजय स्याङतान, क्योकुसिन वज्रका रविन्द्र बुढाथोकी, आईकेओका विक्रम मोक्तान र क्योकुसिन वज्रका सन्तोष विश्वकर्मा क्वाटरफाइनलमा पुगे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा भएको प्रतियोगिताको महिला खुलामा आर्मीकी मन्जु विक, एपीएफकी सुमित्रा नगरकोटी, क्योकुसिन वज्रकी गायत्री रोक्का, केडब्लुडब्लुकी अनिशा तामाङ, आर्मीकी अनुपा नेपाली, क्योकुसिन वज्रकी बसन्ती तामाङ, केडब्लुडब्लुकी रसिला श्रेष्ठ र आर्मीकी सपना आले मगर क्वाटरफाइनलमा पुगे ।

प्रतियोगिताको संघीय सांसद् पशुपतिशमशेर जबराले एक कार्यक्रमबीच उद्घाटन गरे । उक्त अवसरमा आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन लगायतको उपस्थिति रहेको थियो । ४ स्पर्धा समावेश प्रतियोगिताको पुरुषमा ६५ तथा महिलामा ५५ खेलाडी सहभागी छन् ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.