2 years ago
May 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) र किर्गिस्तानमा हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि खुल्ला छनोटबाट बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट गरेको छ ।
संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा तीन दिनसम्म गरेको खुल्ला छनोटबाट १८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको छ । खुल्ला छनोटमा विभिन्न क्लब तथा प्रदेशबाट गरी कुल ३६ खेलाडीको सहभागिता रहेको थियो ।
छनोटमा राष्ट्रिय टोलीका कप्तान तथा सेटर इम बहादुर रानासँगै यसअघि टोलीका सदस्य रहिसकेका लिवेरो ईश्वर थापा मगर सहभागी भएका छैनन् । छनोटमा सहभागी नभएसँगै दुवै जना टोलीबाट बाहिरिएका छन् । कप्तान इमले नेपालमा जेठ ८ देखि १४ गतेसम्म हुने काभा वुमन्स च्यालेन्ज कप दौरान सन्यास लिने तयारी गरिरहेका छन् ।
प्रशिक्षक जगदिश प्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादवको प्रशिक्षण टोलीले बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरेको हो । खुल्ला छनोटबाट राष्ट्रिय टोलीमा स्थान बनाइसकेका दुर्गा महतो, शरण सामरी क्षेत्री, राज कुमार निरौलासँगै रविन नगरकोटी र सन्तोष महता पनि बाहिरिएका छन् ।
सन्तोष यु–२३ टोलीका सदस्य हुन् । यस्तै उत्तम चन्द, धनपति, अमृत विक, सरण कार्की, अभिषेक थापा, सरोज बोहोरा, अमिर थापा, सरोज चम्लागाईं, प्रेम गौतम, भरत चुनारा, नरेन सिन्जाली, हृदेश प्रसाद चौधरी र अभिषेक थिङ तामाङले पनि अन्तिम १८ मा स्थान बनाउन सकेनन् ।
नेपाली पुरुष भलिबल टोलीले यस वर्ष १९औं एसियाली खेलकुदसँगै काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने तय छ । एसिया चीनको हाङझावमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुँदैछ ।
काभा पुरुष नेसन्स लिग जुन १६ देखि २५ सम्म हुनेछ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहने भएको छ । काभामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्केमिनिस्तान रहेका छन् ।
बन्द प्रशिक्षणलाई छनोट भएका १८ खेलाडी
स्पाइकर
मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, बिशाल विक, रविन चन्द, रवि केसी, धिरोज काजी बस्नेत, टेक राज अवस्थी, राजेन्द्र विष्ट र हेमन्त मल्ल
सेटर
हरि हजुर थापा, लोकेन्द्र गिरी र सम्राट भण्डारी
मिडल ब्लकर
दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी, सफल विक र मनिष मानन्धर
लिवेरो
विनोद चन्द र भीम गाहा
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]