2 years ago
May 4, 2023
पोखरा (हाम्रो खेलकुद) – हिमालयन एक्स्ट्राई नेपालको आयोजनामा हरेक वर्ष आयोजना हुने ’हिमालयन एक्स्ट्राई एक्सट्रिम ट्रायथलन’को दोश्रो संस्करण बैशाख २३ गते शनिबार पोखरामा हुने भएको छ ।
प्रतियोगितामा अमेरिका, बेलायत, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रुस, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश, भारत, इजरायल, फिनल्याण्डलगायतका २२ मुलुकका ३६ खेलाडीहरुले सहभागिता जनाउन लागेको हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योञ्जनले जानकारी दिए ।
पौडी, साइक्लिङ र उकाली ओराली दौडिनु पर्न भएकोले निकै चुनौतीपूर्ण मानिने उक्त प्रतियोगितामा ३६ खेलाडी भएपनि उनीहरुको सहयोगी टोलीसमेत गरी ६५ जना सहभागि हुनेछ ।
नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता शनिबार फेवातालमा पौडीबाट सुरु हुनेछ । ३.८ किमि पौडीपछि १७५ किमि साइकल दौड सुरु हुनेछ ।
पोखरा लेकसाईडबाट सुरु हुने साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुनःफर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुनेछ । त्यस लगतै ४३ किमि लामो दौड सुरु हुनेछ ।
उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै पुनःफर्किएर माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए । प्रतियोगिता पुरा गर्न करिव १८ घण्टा लाग्न सक्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्नगर्न करिव १ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]