default_image

2 years ago

May 1, 2023

एसियाडलाई बक्सिङको प्रारम्भिक छनौट सुरु

253 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि बक्सिङको प्रारम्भिक छनोट प्रतियोगिता सोमबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुष ५१ केजी तौलसमूहको क्वाटरफाईनलमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले ४–३ अंकको आधारमा एचटुओका लालप्रसाद उप्रेतीमाथि जित हासिल गरे ।

सोही तौल समूहमा पाँचथरका फुङ्लाङ काम्बाङलाई आरएससीका आधारमा र रुकुमका जीवन पुन मगरलाई ५–० अंक आधारमा क्रमशः एपीएफका प्रदीप महर्जन र बक्समाण्डुका लक्ष्मण राईले विजय हासिल गरे । त्यस्तै आर्मीका सुशील थापाले ५–० अंकको आधारमा ललितपुरका खेलाडी चिरिन्जिवि खड्का माथि जित हासिल गरे ।

पुरुष ५७ केजीमा बाँकेका खेलाडी ईन्द्र सुनारले केओका आधारमा एपीएफका पुरन राईमाथि जित हासिल गरे भने नुवाकोटका निराजन मोक्तानमाथि आरएसी आईको आधारमा आर्मीका खेलाडी पुरन सुनुवारले जित हासिल गरे ।

पुरुष ६३.५ केजीमा प्रहरीका निकेश देशारमाथि आरएससीको आधारमा मकवानपुरका खेलाडी सोहन राईले जित हासिल गरे । सोहि स्पर्धामा ललितपुरका सागर दर्जीमाथि ५–० अंकको आधारमा जिनेक्श बक्सिङ क्लबका मौसम राना मगर विजयी भए भने रामेछापका नेत्र तिरुवामाथि आरएससीको आधारमा एपीएफका सोनाम सार्की विजयी भए ।

पुरुष ७१ केजीमा लुम्बिनीका विकास रानाले ४–३ अंकको आधारमा नक्शाल बक्सिङ क्लबका अस्विन धिरण श्रेष्ठमाथि जित हासिल गरे भने बक्समाण्डुका दावा छिरिङ लामा माथि ४–१ अंकको आधारमा आर्मीका खेलाडी दिपेश लामाले जित हासिल गरेका थिए । त्यस्तै स्वीट साईन्स बक्सिङ क्लबका निराजन नेपाली माथि ५–० अंकको आधारमा एपीएफका बिक्रम चौधरीले जित हासिल गरे ।

महिला ५० केजीमा आर्मीकी आरती बम्जनलाई ५–० अंकको आधारमा लुम्बिनीकी माया केसीले जित हासिल गरिन् । जेनेक्शकी तेजीमाया गुरुङलाई ५–० अंकको आधारमा स्वीट साईन्सकी रमिसा श्रेष्ठले जित हासिल गरिन् । प्रहरीकी रिता धरलालाई ४–३ अंकको आधारमा एचटुओकी अस्मिता दुवालले जित हासिल गरिन् ।

छनौट प्रतियोगितामा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभाग प्रमुख तथा बक्सिङका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, महासचिव सविन भट्टचार्य, केन्द्रीय सदस्यहरु श्यामकाजी अवाले, मानबहादुर भण्डारी, ओमनारायण श्रेष्ठ, बरिष्ठ बक्सिङ प्रशिक्षक प्रविन तुलाधर लगायतको उपस्थिति रहेको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.