2 years ago
May 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अभिषेक बाँस्तोला र अभिलाषा विष्टले नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।
प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्सको पुरुषमा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा सोमबार भएको पुरुष फाइनलमा अभिषेकले ऋतिक राणालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित गरे ।
कसिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन अभिलाषाले माहिका राणालाई ६–४ र ६–४ को सोझो सेटमा हराइन् । पुरुष र महिला दुवैमा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार पाए ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले फाइनलमा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीलाई ५–७, ६–१ र १०–५ ले पाखा लगाउदै पहिलो भए ।
५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा कमल थापा र छ्याम्बा डुन्डुपको जोडीमाथि ६–० र ६–२ को सहज जित दर्ता ग¥यो ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा जीवन घिमिरे शीर्ष स्थानमा रहे । जीवनले फाइनलमा जित प्रधानलाई ६–२ र ६–३ ले हराए । ४५ वर्षमाथि पुरुष सिंगल्सको स्वर्ण भिडन्तमा महेश श्रेष्ठले बाजी मारे । उनले फाइनलमा रोहित सुनुवारलाई ६–४, ४–६ र १०–५ ले पन्छाए ।
विभिन्न १० स्पर्धा समावेश प्रतियोगितामा यसअघि मिक्स डबल्समा प्रदीप खड्का र माहिका राणा, ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, ३५ वर्षमाथि पुरुष डबल्समा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र सुवर्ण धाक्वाको जोडी तथा ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो भएका थिए ।
हरेक स्पर्धाको शीर्ष तीन स्थान हात पार्नेले नगद पुरस्कार हात पारे । कुल ५ लाख ४२ हजार ५ सय रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, नेपाल टेनिस संघका महासचिव समेत रहेका आयोजक काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतले पुरस्कृत गरे ।
बैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा १ सय ५२ खेलाडी सहभागी थिए । त्यसमा सबै भन्दा बढी उमेरका ७८ वर्षीय मुरारीभक्त माथेमा रहे ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]