2 years ago
April 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पनि विश्व ताइची तथा छिगुङ दिवस शनिबार मनाइएको छ । नेपाल उमा कुङफु संघले शंखपार्कमा कार्यक्रम आयोजना गरी विश्व ताइची तथा छिगुङ दिवस मनाएको हो ।
‘वान वल्र्ड, वान ब्रेथ’ भन्ने नाराका साथ विश्वका ७० भन्दा बढी देशमा अप्रिल महिनाको अन्तिम शनिबार स्थानिय समय अनुसार बिहानको १० बजे यो दिवस हरेक वर्ष मनाइने गरेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् ।
अध्यक्ष लामाले ताइची र छिगुङ खेलको उत्पति, महत्व र फाइदा बारे प्रकाश पारेका थिए । कार्यक्रममा ताइची, छिगुङ, कुङफु फ्यान, कुङफु नाइन स्टिक र कुङफु बक्सिङको प्रदर्शनी खेल प्रस्तुत गरिएको थियो । ७५ वर्षीय निमबहादुर गुरुङ र ७ वर्षीया जेसिका तामाङले समेत प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।
विगत २५ वर्षदेखि ताइची खेलमा संलग्न ७५ वर्षीय श्याम गौतमले ताइचीले मानिसलाई विभिन्न रोगबाट मुक्त गर्न सहयोगी भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा नेपाल उमा कुङफु संघका प्रथम उपाध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, महासचिव भूपेन्द्र गुरुङ, सचिव रमेश महर्जन, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ र सहायक प्रमुख प्रशिक्षक उद्धव थापा मगर, तार्केश्वर उमा कुङफु स्कुलका अध्यक्ष शिव कुँवर, नेपाल उमा कुङफु संघमा आबद्ध विभिन्न क्लब, शाखाका प्रतिनिधि, खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]