default_image

2 years ago

April 29, 2023

मान बहादुर र लक्ष्मी सर्वाेत्कृष्ट

493 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मान बहादुर श्रेष्ठ र नेपाल पुलिस क्लबकी स्पाइकर लक्ष्मी चन्द ललितपुरमा भएको मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

मान बहादुर पुरुषमा तथा लक्ष्मी महिलामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । मान बहादुर र लक्ष्मीले आ–आफ्नो टोलीलाई मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै मान बहादुर र लक्ष्मीले ट्रफीसहित १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई २५–२०, २५–१७, २७–२९, १९–२५ र १५–७ ले तथा महिलातर्फ पुलिसले एपिएफलाई २५–११, १९–२५, २५–१९ र २५–२२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको थियो ।

उपाधिसँगै विजेता आर्मी र पुलिसले ट्रफीसहित समान २ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेका पुलिस र एपीएफले समान एक लाख रुपैयाँ पाएको छ ।

पुरुषतर्फ पुलिसका बिशाल बिक उत्कृष्ट स्पाइकर, पुलिसका द्धारिका थापा उत्कृष्ट ब्लकर, एपीएफका लोकेन्द्र गिरी उत्कृष्ट सेटर, आर्मीका इश्वर थापा उत्कृष्ट लिवेरो, आर्मीका हरि हजुर थापा उत्कृष्ट सर्भर र आर्मीका जगत बहादुर सिंह उत्कृष्ट पं्रशिक्षक घोषित भए ।

महिलामा एपीएफकी आरती सुबेदी उत्कृष्ट स्पाइकर, न्यु डायमण्ड क्लबकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपीएफकी जस्ना महतो उत्कृष्ट सेटर, पुलिसकी यमुना रसाईली उत्कृष्ट लिवेरो, आर्मीकी श्रृष्टि खड्गी उत्कृष्ट सर्भर र पुलिसका रुपेश कुमार विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फका उत्कृष्ट खेलाडीले ट्रफीसहित जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजयी टोली तथा खेलाडीलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र जावलाखेल भलिबल प्रशिक्षक केन्द्रका अध्यक्ष माधव खड्कालगायतले पुरस्कृत गरे ।

ललितपुर महानगरपालिकाको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापनमा ९ बैशाखबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ७ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगिताका सर्वाेत्कृष्टहरु
सर्वाेत्कृष्ट – मानबहादुर श्रेष्ठ (पुरुष– आर्मी) र लक्ष्मी चन्द (महिला – पुलिस)
स्पाइकर – विशाल विक (पुरुष – पुलिस) र आरती सुवेदी (महिला– एपिएफ)
ब्लकर – द्धारिका थापा (पुरुष– पुलिस) र सुमित्रा रेग्मी (महिला – न्यु डायमण्ड)
सेटर – लोकेन्द्र गिरी (पुरुष – एपिएफ) र जस्ना महतो (महिला – एपिएफ)
सर्भर – हरि हजुर थापा (पुरुष– आर्मी) र श्रृष्टि खड्गी (महिला – आर्मी)
लिवेरो – ईश्वर थापा (पुरुष – आर्मी) र यमुना रसाइली (महिला – पुलिस)
प्रशिक्षक – जगत बहादुर सिंह (पुरुष– आर्मी) र रुपेश कुमार विष्ट (महिला – पुलिस)

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.