2 years ago
April 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रुसको कजानमा आगामी वर्ष हुने ‘फिजिटल स्पोर्ट्स २०२४’ का लागि यसै वर्षको जुनमा छनोट प्रतियोगिता हुने भएको छ ।
फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ अन्तर्गत नेपालको सर्वाधिक टिमको सहभागिताको अपेक्षा भएको रसियन राजदुतावासले जनाएको छ । प्रतियोगितामा शारीरिक र डिजिटल दुबै किसिमको आयोजना हुनेछ ।
जसमा ५० प्रतिशत शारीरिक गतिविधि र ५० प्रतिशत डिजिटल हुनेछ । प्रतियोगितामा फुटबल, बास्केटबल र हक्की जस्ता परम्परागत खेलहरू हुनेछन् । नेपालबाट यो खेलहरुमा सहभागी जनाउन पाउनेछ ।
त्यस्तै पब्जी, फ्री फायर, डोटा २ र लिग अफ लेजेन्ड्स जस्ता ई–स्पोर्ट्स गेमहरू प्रस्तुत गरिनेछ । प्रतियोगिताअन्तर्गत फुटबल, बास्केटबल, हक्की र दौड प्रतिस्पर्धामा प्रत्येक खेलमा पुरस्कार राशी १० लाख डलर रहेको छ । यस्तै, डोटा दुई र लिग अफ लिजेन्ड्स जस्ता ई–स्पोट्र्स खेलहरूमा प्रत्येक खेलमा ३० लाख डलरको पुरस्कार राशी छ ।
ट्याक्टिकल ब्याटल ५५ सीएसजीओ, ट्याक्टिकल ब्याटल ५५ भ्यालोरन्ट र ड्रोन बीट सेबरको पुरस्कार क्रमशः ३० लाख, २० लाख र पाँच लाख डलर छ । फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ मा छनोट हुने खेलाडीको पनि सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्ने छ ।
प्रतियोगिताका लागि जुनमा हुने छनोटमा सहभागी खेलाडीमध्ये योग्य खेलाडीहरूलाई छनोट गरिने प्रतियोगिताको लागि नेपालको संयोजन गरिरहेका अबिन कार्कीले बताए ।
कार्कीका अनुसार छनोट प्रतियोगितामा सहभागी हुनका लागि ‘फिजिटल गेम अफ फ्युचर’ को वेबसाइटमार्फत आवेदन दिन सकिने र छनोट प्रतियोगितामा खर्च आयोजकले नै व्यहोर्नेछ । रुसमै हुने छनोटका लागि मेको अन्तिमसम्म आवेदन दिन सकिने कार्कीले बताए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]