2 years ago
April 28, 2023
ललितपुर (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ललितपुरमा जारी मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
आर्मीले एपिएफलाई तथा पुलिसले आयोजक ललितपुर महानगरपालिकालाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेको हो ।
ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले एपिएफमाथि ३–१ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।
पहिलो सेट २७–२५ ले गुमाएको आर्मीले त्यसपछिको तीनै सेट २५–१९, २५–१५ र २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो । यस जितसँगै आर्मीले एपिएफसँगको पछिल्लो दुई प्रतियोगितामा भोगेको हारको बदला लिन सफल भएको छ । आर्मी पछिल्लोपटक ढोरपाटन भलिबल र पोस्ट बहादुर बोगटी भलिबलमा एपिएफसँग पराजित भएको थियो ।
दोस्रो सेमिफाइनलमा पुलिसले ललितपुर महानगरपालिकामाथि २५–१५, २५–११ र २५–१५ को सोझो सेटमा जित निकाल्दै फाइनलमा आर्मीसँगको भेट पक्का गर्यो । फाइनल शनिबार हुनेछ । एपीएफ र ललितपुरबीच तेस्रो स्थानको लागि शनिबारै प्रतिस्पर्धा गर्नेछ ।
महिलातर्फको फाइनलमा शनिबार नै एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ महिलातर्फ होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई २५–२०, २५–२२ र २५–२२ को सोझो सेटमा हराएर त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको छ ।
ललितपुर महानगरपालिकाको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापन रहेको १६ बैशाखसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ७ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
विजेताले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिईने आयोजकले जनाएको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।