2 years ago
April 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगितामा खेलाडी सहभागी गराउन स्थानिय तह, जिल्ला र प्रदेश छनोट प्रतियोगिता आयोजना गरिएको थियो । माध्यमिक तहमा अध्ययनरत १८ वर्षमुनिका खेलाडीले प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान छ ।
एथलेटिक्सतर्फ छात्र–छात्रामा समान १३, भलिबल र कबड्डीतर्फ छात्र–छात्रामा समान १, करातेतर्फ छात्र–छात्रामा समान ४ तथा उसु र तेक्वान्दोतर्फ छात्र–छात्रामा समान ३ स्वर्ण गरी कुल ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित कराते हल, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहल र तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ ।
व्यक्तिगत, समूहगत र शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कार प्रदान गरिने छ । कुल पुरस्कार राशी ८ लाख ८५ हजार रुपैयाँ रहेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । जुनियर राष्ट्रिय कीर्तिमानका लागि छुट्टै १५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ ।
मार्च पास्टमा शीर्ष तीन स्थान हात पार्नेलाई पनि छुट्टै नगद पुरस्कारबाट पुरस्कृत गरिने छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]