2 years ago
April 27, 2023
ललितपुर (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब ललितपुरमा जारी मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
पुलिसले होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई तथा एपिएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेको हो ।
ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा बिहीबार भएको पहिलो सेमिफाइनलमा पुलिसले डायमण्डमाथि २५–१६, २५–१४ र २५–१७ को सोझो सेटमा जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।
अर्काे सेमिफाइनलमा एपिएफले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै फाइनलमा पुलिससँगको भेट पक्का गर्यो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती दुई सेट एपिएफले २५–२१ र २५–२२ ले जित्न सफल भएको थियो ।
त्यसपछिको दुई सेट आर्मीले २५–१२ र २६–२४ ले जितेपछि खेल पाँचौं सेटमा लम्विन पुगेको थियो । निर्णायक तथा पाँचौ सेटमा एपिएफ १५–१२ को सेटमा विजयी भयो । डायमण्ड र आर्मीले शुक्रबार तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
पुरुषतर्फ नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई २८–२६, २५–२१, १८–२५ र २५–१८ को सेटमा हराएर समूह ‘बी’ को विजेता बनेको छ । हारका बावजुत एपिएफ समूह विजेता बनेको छ ।
पुरुषतर्फ नै ललितपुर महानगरपालिकाले सुर्य विनायक युथ क्लबलाई २५–११, २५–१० र २५–१४ को सोझो सेटमा हराएर ललितपुर समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
यससँगै प्रतियोगिताको पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ तथा पुलिस र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । दुबै सेमिफाइनल शुक्रबार हुनेछ । महिला र पुरुषको फाइनल शनिबार हुनेछ ।
ललितपुर महानगरपालिकाको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापन रहेको १६ बैशाखसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ७ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
विजेताले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिईने आयोजकले जनाएको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।