2 years ago
April 27, 2023
बिर्तामोड (हाम्रो खेलकुद) – झापाको दमकमा आजबाट प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।
प्रतियोगिता दमकस्थित हिमालय माविको खेल मैदानमा ४ बजेदेखि सुरु हुनेछ । वाग्लेका अनुसार यही बैशाख १४ गतेदेखि १७ गतेसम्म प्रथम प्रदेशस्तरीय मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको विजेता टिमले नगद तीन लाखसहित ट्रफी, मेडल पाउनेछ भने उपविजेताले एक लाख ५० हजार ट्रफी, मेडल प्राप्त गर्ने वाग्लेले जानकारी दिए । नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्काका अनुसार प्रतियोगिताको प्लेयर अफ द सिरिजले नगद २५ हजार पाउनेछ ।
त्यस्तै, सबै विधाका खेलाडीले नगद १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट ब्लकर, सेटर, स्पाइकर, लिब्रो र सर्भर तथा प्रशिक्षकले समान १० हजार पाउने उपाध्यक्ष खड्काले बताए ।
प्रतियोगितामा कोसी प्रदेशसहित सातवटा प्रदेशको सहभागिता रहनेछ । प्रतियोगिताका लागि बोर्डले नगद २० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।