default_image

2 years ago

April 25, 2023

आर्मीलाई हराउँदै पुलिस समूह विजेता

185 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब समूह ‘ए’ को विजेता बन्दै ललितपुरमा जारी मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिसले आर्मीलाई ३–१ को सेटमा हराएर समूह विजेता बनेको हो । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा मंगलबार भएको खेलमा पुलिसले आर्मीमाथि २५–२०, २१–२५, २५–२१ र २६–२४ को जित निकाल्यो ।

हारका बावजुत पनि त्रिभुवन आर्मी क्लब समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा पुलिसले दुई खेलबाट ६ अंक जोड्यो । आर्मीले दुई खेलबाट ३ अंक जोड्यो ।

महिलातर्फको अर्को खेलमा ललितपुर महानगरपालिकाले परोपकार गल्स होस्टेललाई ३–२ को सेटमा पाखा लगायो । ललितपुरले परोपकारलाई २६–२४, २५–१७, २३–२५, २८–३० र १५–१३ को सेटमा हरायो ।

पुरुषतर्फ बोगटी समाज ललितपुरले सुर्य बिनायक युथ क्लबलाई ३–२ को सेटमा हरायो । बोगटी समाज ललितपुरले सुर्य बिनायकलाई २१–२५, २५–२१, २७–२५, २२–२५, १५–१३ को सेटमा हराउन सफल भयो । अर्को खेलमा नेपाल पुलिस क्लबले नेपाल गणतान्त्रिक खेलकुदमाथि २५–१७, २५–१७ र २५–१० को सेटमा हरायो ।

ललितपुर महानगरपालिकाको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापन रहेको १६ बैशाखसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ७ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

विजेताले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिईने आयोजकले जनाएको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.