2 years ago
April 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – महालक्ष्मी नगर लुभू डोजो दोश्रो मेयर कप बागमती प्रदेशस्तरीय वादो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । महालक्ष्मी ५ स्वर्ण, १ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।
आईडब्लुएफएन कराते, ठैब डोजोको आयोजनामा भएको प्रतियोगितामा मनमैजु ४ स्वर्ण, २ रजत र ३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको बूढानकीलकण्ठले ३ स्वर्ण, २ रजत र ६ कांस्य हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा ठैब डोजोका आकाश लोप्चन तथा महिलामा बडीखेलकी उर्षला पहरी उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा सिुन्धुपाल्चोकका अन्जन पुरी तथा महिलामा केजेडआईकी जुना तामाङ उदीयमान खेलाडी चुनिए ।
विजेतालाई संघीय सांसद् उदयशम्शेर राणा, बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन, आयोजक आईडब्लुएफएन कराते, ठैब डोजोका अध्यक्ष एवं प्रमुख प्रशिक्षक बुद्धराज नेगीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
ठैबस्थित ब्लु बर्ड स्कुलमा भएको प्रतियोगितामा कातासहित पुरुष र महिलामा समान ११–११ गरी जम्मा २२ स्पर्धामा करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]