default_image

2 years ago

April 23, 2023

सदस्य–सचिव घिसिङद्वारा सिन्थेटिक ट्रयाकको शिलान्यास

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपालगन्ज रंगशालामा सिन्थेटिक ट्रयाकको शिलान्यास गरेका छन् ।

सिन्थेटिक ट्रयाक निर्माणको जिम्मेवारी पञ्चकन्यासिन्कोट्स, कुपण्डोल, ललितपुरले पाएको छ । सम्झौता अनुसार पञ्चकन्या सिन्कोट्सले १० महिनामा निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ ।

सिन्थेटिक ट्रयाकको लागत ११ करोड ६४ लाख ६४ हजार १ सय ४० रुपैयाँ ३९ पैसा रहेको छ । यहि नेपालगन्ज रंगशलामा आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन कार्यक्रमसंगै फुटबल खेल भएको थियो ।

सदस्य–घिसिङले लुम्बिनी प्रदेश एथलेटिक्समा इतिहास बोकेको प्रदेश भएको बताउदै एथलेटिक्स खेलाडी उत्पादनका लागि पनि उर्वर प्रदेश भएको धारणा व्यक्त गरे ।

‘एथलेटिक्समा लुम्बिनी प्रदेश इतिहास बोकेको प्रदेश हो । १२औं राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी समग्रमा टिम च्याम्पियन बन्दा त्यसको मुख्य आधार भनेको लुम्बिनीले एथलेटिक्समा प्राप्त गरेको पदक नै थियो ।’ सदस्य–सचिव घिसिङले भने, ‘लुम्बिनी एथलेटिक्सका लागि सम्भावना भएको प्रदेश मात्र होइन । विगतका नतिजाले पनि लुम्बिनी एथलेटिक्सका लागि उर्वर प्रदेश हो भन्नेमा दुई मत रहेन ।’ सदस्य–सचिव घिसिङले नेपालगन्जमा पनि कम्तीमा एउटा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गर्न सकिने र लुम्बिनीबाट उत्पादन भएका खेलाडीले आफ्नै प्रदेशमा अभ्यास गर्ने अवसर पाउन भन्ने उद्देश्यले पनि परिषद्ले सिन्थेटिक ट्रयाक निर्माण गर्न लागेका हौं ।’

उनले निर्माण सम्पन्न गर्ने अवधि १० महिना रहेकोले जिम्मेवारी पाएको संस्थाले समयमै निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गरे । ‘निर्माण अवधि जम्मा १० महिना राखेका छौं । मलाई विश्वास छ जिम्मेवारी पाएको संस्थाले समयमै सकाउने छ ।’ सदस्य–सचिव घिसिङले भने, ‘मैलै म्याद थप्नु पर्ने स्थिति बनाउनु हुने छैन । र, म म्याद थप्नका लागि तयार पनि छैन ।’

सिन्थेटिक ट्रयाकको शिलान्यासपछि सदस्य–सविच घिसिङले नेपालगन्ज रंगशाला हातामा रहेको पौडी पोखरीलगायत अन्य पूर्वाधारको निरीक्षण पनि गरेका थिए । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुमित्रा चौधरी, अन्जन धमला, दिपेन्द्र विष्टलगायतको उपस्थिति रहेको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.