2 years ago
April 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका उदियमान खेलाडीद्वय प्रिन्स दाहाल र रशिला महर्जनले युएईको दुवईमा आयोजना हुने ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्ने भएका छन् ।
बैशाख १२ देखि १७ गते (अप्रिल २५ देखि ३०) सम्म आयोजना हुने उत्कृष्ट मध्यको एक च्याम्पियनसिप सुपर सिरिज १००० च्याम्पियनसिपमा नेपालले पुरुष एकल, महिला एकल र मिक्स डबल्स गरि तीन विधामा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।
उक्त प्रतियोगितामा राष्ट्रिय रेफ्री अनुप रत्न शाक्यले निर्णयकको भूमिका निर्वाह गर्ने समेत अध्यक्ष श्रेष्ठले बताए । आईतबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले खेलाडी तथा निर्णायकलाई शुभकामना सहित बिदाई गरे ।
टोलीलाई बिदाई गर्दै उपाध्यक्ष कोइरालाले सहभागिता मात्र नभई उत्कृष्ट नतिजा ल्याउनेमा आफु बिश्वस्त रहेको बताए । परीक्षाका कारण बिदाई कार्यक्रममा रशिलाको उपस्थिती रहेन ।
बिदाई कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव विरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष, अनुज बस्नेत, सदस्य छबीलाल शाही, प्रमुख प्रशिक्षक सुदीप योन्जन, बागमती प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष रुद्र बहादुर थिङ्गको उपस्थिति रहेको थियो । टोली आजै त्यस दुवई प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]