2 years ago
April 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेसनल चेस च्याम्पियनसिपको उपाधि महिलातर्फ फिडे मास्टर सुजना लोहनीले र खुलातर्फ रुपेश जैसवालले जितेका छन् ।
योसँगै सुजना र रुपेशले बंगलादेशमा मेमा आयोजना हुने वल्र्ड च्याम्पियन सर्कल एसियन जोनल ३.२ च्याम्पियनसिपमा स्थान सुरक्षित गरेका गरेका छन् । त्यस्तै उब्जेकिस्तानमा हुने एसियन च्याम्पियनसिप र २०२४ मा हंगेरीको बुडापेष्टमा हुने ४५ औं चेस ओलम्पियाडमा पनि सुजना र रुपेशले देशको प्रतिनिधित्व गर्नेछन् ।
नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्तरूपमा संचालन भइरहेको च्याम्पियनसिपमा उत्कृष्ट लयमा रहेका रुपेशले शनिबार सातौं चरणको ३४ औं चालमा अर्का फिडे मास्टर क्षितिज भण्डारीसँग बराबरी खेले । उनले आठौं चरणमा दोलखाका राजिव कार्कीलाई रोचक खेलमा हराएका थिए । बराबरी तर्फ अग्रसर खेलमा ५७ औं चालमा राजिवले गलत विश्लेषण गरे । विपक्षीको कमजोरीको फाइदा उठाउन माहिर रुपेशले ६७ औं चालमा राजिवलार्य खेल त्याग्न बाध्य बनाए ।
अन्तिम चरणको खेल बाँकी रहँदा साढे ७ अंकसहित रुपेशले उपाधि पक्का गरेका हुन् । क्षितिजले आठौं चरणमा नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंलाई पराजित गरे । ६ अंकसहित क्षितिज दोस्रो स्थानमा बछन् । पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र १४ बर्षिय खेलाडी पुरुषोत्तम सिलवाल साढे ५ अंकसहित संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।
महिलातर्फ सुजनाले मोरङकी शान्ति धिमाललाई पराजित गरिन् भने आठौं चरणमा पर्साकी सुशिला गुरुङसँग बराबरी खेलिन् । राउन्ड रोबिनको आधारमा नवौं चरणसम्म हुने प्रतियोगिताको एक चरणको खेल बाँकी साढे ७ अंकका साथ सुजनलेउपाधि जितेकी हुन् । दिव्यासं मल्टी प्रोडक्सन , रौतहटको मुख्य प्रायोजनमा र रुक्मणी टुर्स एण्ड ट्राभल्सको सह प्रायोजनमा जारी प्रतियोतामा सुशिला गुरुङ र शान्ति धिमालले समान ५ अंक जोडेका छन् ।
सुशिला आठौं चरणमा काठमाडौकी विनिता कपालीसँग पराजित भइन् भने शान्तिले नवौं चरणमा झापाका पूनम प्रसाईंलाई निराश बनाइन् । पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशीको साढे ४ अंक र विनिता कपालीको ३ अंक छ । काठमाडौंको ले हिमालय होटलमा जारी प्रतियोगिताको नवौ तथा अन्तिम चरणको खेल आइतबार हुनेछ ।
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]