2 years ago
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिकाको आयोजनामा शनिबारेदखि जावलाखेलमा मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु हुँदैछ ।
जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा ९ देखि १६ बैशाखसम्म चल्ने प्रतियोगितमा पुरुषतर्फ ८ र महिलामा ७ टोलीको सहभागिता रहेको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन शनिबार दिउँसो १ बजे ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गर्नेछन् । उद्घाटन १ बजे हुने भनिएपनि खेलहरु बिहानदेखि नै सुरु हुनेछ ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा पुरुष र महिला दुवै तर्फका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
पुरुषतर्फ समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, ललितपुर महानगरपालिका, बोगटी समान ललितपुर तथा सुर्य विनायक युथ क्लब रहेक ाछन् । समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, पाटन बहुमुखी क्याम्पस र नेपाल गणतान्त्रिक खेलकुद रहेका छन् ।
महिलाको समूह ‘ए’ मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र कोटेश्वर बहुमुखी क्याम्पस तथा समूह ‘बी’ मा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, ललितपुर महानगरपालिका र परोपकार गल्स होस्टेल रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ ।
उपाधि विजेता टोलीले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिईने आयोजकले जनाएको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।