default_image

2 years ago

April 21, 2023

सुजन र वियंकालाई स्वर्ण

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका सुजन गेडाल र एभीएम टेबल टेनिस क्लबकी वियंका राईले दोश्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।

सुजन यु–१९ सिंगल्सको ब्वाइजमा तथा गल्र्समा वियंकाले स्वर्ण जितेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको प्रतियोगिताको ब्वाइजमा ललितपुरका विशाल गोले दोश्रो तथा मोरङका विश्व बानियाँ र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीका गनञ्जय दाहाल तेश्रो भए ।

गल्र्समा एभीएमकी इभाना थापा तथा मोर्डन कलेजकी दिया देउला र सुनसरीकी अन्जलीकुमारी ठाकुर तेश्रो भइन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१५ ब्वाइज सिंगल्समा सुनसरीका सिद्धार्थ तामाङ पहिलो, बुटवल टेबलटेनिस एकेडेमीका सौरव खड्का दोश्रो तथा एभीएमका एरिश शाक्य र गल्कोपाखा समाज सेवाका आर्यन शाही तेश्रो भए ।

उक्त स्पर्धाको गल्र्समा स्ट्यागकी सुस्मिता खड्काले स्वर्ण, नेपाल प्रहरीकी शुभश्री श्रेष्ठले रजत तथा प्रभातकी करिना सुवाल र सुनसरीकी सुलेखाकुमारी ठाकुरले कांस्य जिते । चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ८ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई काठमाडौं महानगरपालिककी मेयर सुनिता डंगोल, अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य, आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र उपमहासचिव सुवर्ण श्रेष्ठ, आयोजक एकेडेमीअन्तर्गत टेबल टेनिस विभागका प्रमुख महेन्द्र लिगललगायतले पुरस्कृत गरे । आयोजकका अनुसार तीनदिने प्रतियोगितामा १ सय ६० खेलाडी सहभागी थिए ।

यसै प्रतियोगिताबाट भारतको अरुणाचल प्रदेशमा हुने दक्षिण एसियाली टेबलटेनिस प्रतियोगिताका लागि १२ खेलाडी छनोट गरिने विभाग प्रमुख लिगलले जनाएका छन् ।

March 31, 2025

अस्ट्रेलियामा गल्कोट कप भलिबल हुँदै

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]

March 30, 2025

झापा र बुटवल लुम्बिनीबीच पहिलो हाफ बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा‌ झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

Success

Thank you for your time.