default_image

2 years ago

April 21, 2023

राष्ट्रिय पुरुष बिच भलिबल यसै महिना

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाल्पा तानसेनकाे रानीमहलनजिकै कालीगण्डकी नदीकाे किनारमा यसै महिनाको अन्तिममा राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक सञ्जय मेमोरियल फाउन्डेसनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय स्तरको बिच भलिबल प्रतियोगिताको दोस्रो संस्करण यही बैशाख २८, २९ र ३० गते हुने जानकारी गराएको छ । पहिलो संस्करणमा महिलातर्फको आयोजना भएको थियो ।

दोस्रो संस्करणमा महिला र पुरुष दुवैको गर्ने तयारी रहेपनि महिला टोली काभा वुमन्स च्यालेन्ज कपका लागि प्रशिक्षणमा रहेकाले यसपटक पुरुषतर्फको मात्रै आयोजना गर्न लागेको फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताइन् ।

अध्यक्ष मास्केले पाल्पाको रानीमहलमा खेलकुद र पर्यटन क्षेत्रलाई जोड्ने उद्धेश्यका साथ सुरु गरिएको प्रतियोगिताको अर्काे संस्करणमा अन्तर्राष्ट्रिय स्तरको बिच भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको थपिन् ।

यस प्रतियोगिता सात प्रदेश, तीन विभागिय र आयोजक गरि ११ टिमको सहभागिता रहनेछ । लिग र नकआउट आधारमा सञ्चालन हुने यस प्रतियोगितामा सहभागी टिमलाई विभिन्न समूहमा विभाजन गरेर खेलाईनेछ ।

प्रतियोगिताको विजेता टिमलाई ट्रफी, मेडलसहित १ लाख ५० हजार, उपविजेता टिमलाई ट्रफी, मेडलसहित १ लाख रुपैया, तेस्रो हुने टिमलाई ट्रफी, मेडलसहित ५० हजार र सान्त्वना पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुने टिमका दुई खेलाडी र एक अफिसियलको खाना, बस्ने र यातायात खर्च आयोजकले व्यहोर्ने र खेलाडीको बिमासमेत गरिनेछ । यस्तै प्रतियोगितालाई यस वर्ष सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको आयाेजकले जनाएकाे छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.