default_image

2 years ago

April 20, 2023

महर्जनको‌ प्रशिक्षणपछि चर्च ब्वाइजको पहिलो जित

283 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बालगोपाल महर्जनले प्रशिक्षण सम्हालेपछि चर्च ब्वाइज युनाइटेड क्लबले पहिलो जित हासिल गरेको छ।

दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा सातदोबाटो युथ क्लबलाई २-१ ले हराउँदै जित निकालेको हो । महर्जनले प्रशिक्षण सम्हालेपछि चर्च ब्वाइजले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी र अर्को खेलमा फ्रेन्ड्स क्लबसँग १-१ को‌ बराबरी खेलेको थियो।

मिलन राईको निर्णायक गोलमा चर्च ब्वाइज विजयी भएको थियो । अर्को गोल आशिष चौधरीले गरेका थिए। सातदोबाटोका‌ लागि निरज चौधरीले गोल गरेका हुन् । सातौं मिनेटमा आशिषको गोलबाट चर्च ब्वाइजले अग्रता लिएको थियो। आशिषको‌‌ पहिलो प्रहारलाई सातदोबाटोका गोलकिपर आभिषेक बरालले रोके पनि पूर्ण रुपमा नियन्त्रणमा लिन नसकेपछि रिबाउन्डमा आशिषले गोल गरेका थिए।

३४ औं मिनेटमा सातदोबाटोका‌ लागि निरजले बराबरी गोल फर्काए थिए। विलियम ओपुकुको‌ कर्नरमा निरजले नजिकबाट हेडमार्फत गोल गरेका हुन्। दोस्रो हाफको‌ पहिलो मिनेटमा नै मिलनले गोल गरेपछि चर्च ब्वाइजले दोस्रो पटक अग्रता बनाएको हो ।

शुसिल शाहको‌ क्रसमा मिलनले पेनाल्टी बक्स भित्रवाट गोल गरेका हुन्। मिलन सुवास गुरुङको सट्टा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । ४८ औं मिनेटमा चर्च ब्वाइजका आशिषको प्रहार बारमा लागेर फर्किदा गोलअन्तर बढाउने मौका खेर गएको थियो।

१० औं खेलपछि चर्च ब्वाइजको‌ १८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । १७ अंक रहेको सातदोबाटो चौथो स्थानमा झरेको छ। आजै पहिलो खेलमा हिमालयन शेर्पा क्लबलाई १-० ले हराएको थ्री स्टार १८ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ । हिमालयन शेर्पा ९ अंकका साथ १३औं स्थानमा छ । २० अंककस साथ जाउलाखेल युथ क्लब शीर्ष स्थानमा छ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.