default_image

2 years ago

April 20, 2023

सुबासलाई सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप उपाधि

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक सुबास तामाङले जितेका छन् ।

प्रो सञ्जय लामालाई चार स्ट्रोकले हराउँदै सुबाश लगातार दोस्रो पटक टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका हुन् । यो उनको करियरको चौंथो प्रोफेसनल उपाधि हो ।

डिफेन्डिङ च्याम्पियन सुबासले अन्तिम दिन ३–अन्डर ६९ को कार्ड बनाउँदै समग्रमा १३–अन्डर २ सय ७५ को स्कोर बनाए । १–अन्डर ७१ सहित समग्रमा ९–अन्डर २ सय ७९ को स्कोर मा सञ्जय प्रोफेसनलतर्फ पहिलो भए । समग्रमा भने उनी दोस्रो भए । उनले एक लाख चालिस हजार प्राप्त गरे ।

समग्रमा ४–अन्डर २ सय ८४ को स्कोरमा नीरज तामाङ र जयराम श्रेष्ठले सम्युक्तरूपमा प्रोतर्फ दोस्रो स्थान बाँडे । नीरजले २–अन्डर ७० र जयरामले ६–अन्डर ६६ को उत्कृष्ट प्रदर्शन गरे । उनीहरूले जनही ७८ हजार ५ सय हात पारे।

समग्रमा २–अन्डर २ सय ६८ को नतिजामा भुवन नगरकोटी र रमेश अधिकारीले संयुक्तरुपमा चौथो स्थानमा प्रतियोगिता सकाए । रमेशले ४–अन्डर ६८ र भुवनले ३–ओभर ७५ मा अन्तिम दिनको खेल सकाए । दुवैजनाले जनही ५१ हजार प्राप्त गरे ।

रबि खड्काले समग्रमा इभन–पार २ सय ८८ सहित छैटौं भएर ४० हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। अन्तिम दिन उनले ६–ओभर ७८ को खराब प्रदर्शन गरे । कमल तामाङ र तोरण विक्रम शाहीले संयुक्तरुपमा सातौं स्थान बाँडे । तोरणले इभन–पार ७२ र कमलले ३–ओभर ७५ को स्कोरमा समग्रमा ४–ओभर २ सय ९२ को स्कोरमा खेल सकाए । उनीहरूले ३५ हजार ५ सय प्राप्त गरे ।

२–ओभर ७४ सहित समग्रमा ८–ओभर २ सय ९६ को स्कोरमा धरानका बलभद्र राई नवौं भए । उनले ३२ हजार हात पारे। समग्रमा १०–ओभर २ सय ९८ को स्कोर बनाउने क्रममा अन्तिम दिन ७–ओभर ७९ खेल्दै पोखराका प्रो भुबहादुर गुरूङ १०औं हुँदै ३० हजार प्राप्त गरे ।

प्रो र एमरच्योर दुवैतर्फको उपाधि सुबाशले जित्दा युवा गल्फर सदभाव आचार्य एमरच्योरतर्फ दोस्रो भए । ४–ओभर ७६ मा अन्तिम दिनको खेल सकाउँदा उनले समग्रमा इभन–पार २ सय ८८ को स्कोरमा प्रतियोगिता सकाए। समग्रमा ३–ओभर २ सय ९१ सहित टासी छिरिङ तेस्रो भए ।

अन्तिम दिनको खेल सुरूवात गर्दा सुबाशसँग दुई स्ट्रोकको अग्रता थियो। फ्रन्ट नाइन ३–अन्डर ३३ मा पुरा गर्दा उनलाई कुनैपनि समय अन्य खेलाडीले चुनौती दिन सकेनन्। दोस्रो होलमा एक सट खेर फाले। तर त्यसपछि तेस्रो, पाँचौ, छैटौं र आठौं होलमा बर्डीको सफलता प्राप्त गरे । उनले ब्याक नाइन इभन–पार ३६ मा सकाए ।

११औं, १२औं र १४औं होलमा तीन बर्डी प्रहार गर्दै एक समय ६ स्ट्रोकको अग्रता बनाइसकेका थिए । तर १५औं होलमा डबल बोगी खेपे भने १८औं होलमा एक सट खेर फाले।

सञ्जयले तेस्रो र चौथो होलमा बर्डी प्रहार गरेपनि सातौं होलमा एक सट खेर फाल्दै फ्रन्ट नाइन १–अन्डर ३५ मा टुंग्याए । यसपछि ११औं र १४औं होलमा बर्डी प्रहार गरे । तर १०औं र १६औं होलमा एक–एक सट खेर फाल्दै ब्याक नाइन इभन–पार ३६ मा सकाए ।

नीरजले फ्रन्ट नाइनमा २–ओभर ३८ खेल्ने क्रममा तेस्रो र चौथो होलमा बर्डी प्रहार गरे । तर यसपछि छैटौं र सातौं होलमा डबल बोगी खेपे । ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै १०औं र ११औं होलमा बर्डी प्रहार गर्दा ५–पारको १२औं होलमा इगलको सफलता हो ।

जयराम श्रेष्ठले फ्रन्ट नाइन र ब्याक नाइन दुवै ३–अन्डर ३३ मा पुरा गरे । तेस्रो, चौथो, नवौं र १२औं होलमा एक–एक सट बचाउँदा १५औं होलमा इगल प्रहार गरे ।

कुल ८ लाख नगद पुरस्कार राशीको ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, पिजीए नेपालका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ र सिनियर महिला गल्फर गीता गुरूङले पुरस्कार वितरण गरे ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.