2 years ago
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बालवालिकाले दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
नैकापस्थित ब्राइट फ्युचरमा भएको फाइनलमा बालवालिकाले प्रिमियरलाई ५–२ गोलअन्तरले पराजित ग¥यो । बालवालिकाका शिशीर क्षेत्री र रोहन मोक्तानले समान २–२ तथा सुबोध खड्काले १ गोल गरे । प्रिमियरका सारंश पुरी र प्रतीक घतानीले समान १–१ गोल फर्काए ।
उपाधिसंगै बालवालिकाले ३० हजार नगद पुरस्कारसहित टिमका प्रत्येक सदस्यले ब्राइट फ्युचरमा प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति प्राप्त गरे ।
विजेता बालवालिका टोलीलाई प्रोत्साहन स्वरुप चन्द्रागिरीस्थित फरेस्ट क्याम्प रिसोर्टले रात्री भोज आयोजना गर्ने भएको छ । प्रिमियरले २० हजार नगद पुरस्कारसहित प्लस टु अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति पाए ।
ब्राइट फ्युचर मावि प्लस टु विभागद्वारा आयोजित प्रतियोगितामा बालवालिकाका रोहन तामाङ उत्कृष्ट खेलाडी घोषित भए । बालवालिकाकै युनिक कार्की उत्कृष्ट गोलरक्षक तथा प्रिमियरका सारंश पुरी सर्वाधिक गोलकर्ता बने । सारंशले प्रतियोगिताभर ९ गोल गरे । उत्कृष्टत्रयले जनही ५ हजार नगद पुरस्कारसहित प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति पाए ।
डिफेन्डिङ च्याम्पियन ग्रिन भिलेज एजुकेसन फाउन्डेसन अनुशासित टिम बन्यो । ग्रिन भिलेजले ५ हजार नगद पुरस्कारसहित टोलीका हरेक सदस्यले प्लस टु अध्ययनका लागि २५ प्रतिशत छात्रवृत्ति प्राप्त गरे ।
विजेतालाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, चन्द्रागिरी नगरपालिका वडा १४ का अध्यक्ष राजभाइ महर्जन, चन्द्रागिरी नगरपालिका वडा १५ का अध्यक्ष घनश्याम लुइटेल, ब्राइट फ्युचरका संस्थापक अध्यक्ष मोहन कार्की, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, ब्राइट फ्युचर मावि प्लस टु विभागका प्रमुख श्यामकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने नकआउट प्रतियोगितामा ३० टिम सहभागी थिए ।
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – करातेका राष्ट्रिय च्याम्पियन खेलाडी मोहम्मद शेखु आलम अमेरिकामा नगदसहित सम्मानित भएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लबले आलमलाई १ हजार अमेरिकी डलर (१ लाख ३७ हजार रुपैयाँ) र सम्मान पत्रले सम्मानित गरिएको ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा […]
April 15, 2025
एजेन्सी – च्याम्पिन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा आज मध्यरातमा पेरिस सेन्ट-जर्मेन (पिएसजी) र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुँदैछ। पिएसजी ३-१ को अग्रता सहित भिल्ला पार्क जाँदैछ। जहाँ भिल्ला अक्टोबर यता अपराजित छ र यसअघि नै बायर्न म्युनिखलाई पनि हराएको थियो। नेयमार, लियोनल मेस्सी र पछिल्लो समय किलियन एम्बाप्पेले क्लब छाडेसँगै प्रशिक्षक लुइस एनरिकेले युवा र उदाउँदा […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छिन् काजललाई न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आफ्नै एकेडेमीमा स्वागत गर्दै नगद र सम्मान पत्रले सम्मानित गरिएको हाे । काजललाई एसियाडका कास्य तथा सागका स्वर्ण र रजत विजेता मनिता शाहीबाट ३ सय अमेरिकी डलर र पुष्प थापा मगरबाट १ सय […]