default_image

2 years ago

April 19, 2023

सुबास शीर्षस्थानमा

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको तेस्रो दिन नेपाल नम्बर एक गल्फर सुबास तामाङ २ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिएका छन् ।

गोकर्ण गल्फ क्लबमा दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुबासले बुधबार ३–अन्डर ६९ को कार्ड बनाउँदै समग्रमा १०–अन्डर २ सय ६ सहित पहिलो दुई दिनका लिडर सञ्जय लामालाई २ स्ट्रोकले पछि पारे ।

सञ्जयले इभन–पार ७२ मा खेल सकाए । समग्रमा ८–अन्डर २ सय ८ को स्कोरमा उनी दोस्रो स्थानमा झरे । पहिलो दिनका एकल लिडर सञ्जयले दोस्रो दिन भने एमरच्योर सदभावसँग शीर्षस्थान बाँडेका थिए । अन्तिम १८ होलको खेल बाँकी रहँदा यो पटक पनि एमेच्योर खेलाडीले प्रोफेसनल गल्फरलाई कडा चुनौती दिएका छन् ।

४–अन्डर ६८ को उत्कृष्ट नतिजा सहित समग्रमा ६–अन्डर २ सय १० को स्कोरमा रबि खड्का तेस्रो स्थानमा उक्लिए । लयमा फर्किएका भुवन नगरकोटीले तेश्रो दिन पनि ४–अन्डर ६८ मा खेल सकाए । लगातार दुई दिन ४–अन्डर खेलेका उनी समग्रमा ५–अन्डर २ सय ११ को स्कोरमा चौथो स्थानमा उक्लिए । दो

स्रो दिन सानदार प्रदर्शन सहित सञ्जयसँग शीर्षस्थान बाँडेका एमरच्योर सदभाव आचार्यले आज ४–ओभर ७६ को खराब प्रदर्शन गरे । समग्रमा ४–अन्डर २१२ सहित उनी पाँचौ स्थानमा झरे ।

समग्रमा २–अन्डर २ सय १४ स्कोर गर्दै छैटौं स्थानमा रहने क्रममा नीरज तामाङले आज १–ओभर ७३ मा खेल सकाए । १–ओभर ७३ खेल्दै समग्रमा १–ओभर २ सय १७ को स्कोरमा कमल तामाङ सातौं स्थानमा छन् ।

समग्रमा २–ओभर २ सय १८ सहित जयराम श्रेष्ठ र रमेश अधिकारीले संयुक्त रुपमा आठौं स्थानमा छ जयरामले ३–अन्डर ६९ र रमेशले इभन–पार ७२ मा खेल सकाए ।

एमेच्योर टासी छिरिङ र प्रो भुबहादुर गुरूङ समग्रमा ३–ओभर २ सय १९ को स्कोरमा संयुक्तरुपमा दशौं स्थानमा रहेका छन् । टासीले ४–अन्डर ६८ र भुबहादुरले २–ओभर ७४ को कार्ड बनाए ।

लगातार तेस्रो दिन पनि अन्डर पारको स्कोर निकाल्ने क्रममा सुबाशले फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए । दिनको सुरुवात बर्डीबाट गरे पनि दोस्रो र चौथौं होलमा एक–एक सट खेर फाले ।

यसपछि छैटौं र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे। ब्याक नाइन २–अन्डर ३४ मा सकाउने क्रममा सुबाशले १०औं, १२औं र १८औं होलमा एक–एक सट बचाए र १६औं होलमा बोगी खेपे ।

सञ्जयले खराब सुरुवात गरे । दोस्रो, चौथो र छैटौ होलमा बोगीको सामना गर्दै फ्रन्ट नाइन ३–ओभर ३९ मा सकाउन बाध्य भए । तर ब्याक नाइनमा सम्हालिदै ३–अन्डर ३३ को स्कोर निकाले। ११औं, १२औं, १५औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे भने १८औं होलमा एक सट खेर फाले ।

रबिले फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै ५–अन्डर ३१ को स्कोर गरे । पहिलो, दोस्रो, तेस्रो र छैटौ होलमा बर्डी प्रहार गरे भने चौथो होलमा एक सट खेर फाले । उनले तीन पारको आठौं होलमा होल इन वानको सफलता प्राप्त गरे । ब्याक नाइन भने १–ओभर ३७ मा पुरा गरे । १३औं र १४औं होलमा बोगीको सामना गर्दा १५औं होलमा एक सट बचाए ।

७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.