2 years ago
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सुनिता खड्कासहित चार खेलाडी जेठको दोस्रो सातादेखि नेपालमा हुने काभा महिला भलिबल च्यालेन्ज कपको प्रशिक्षणबाट बाहिरिएका छन् ।
नेपाल भलिबल संघले दोस्रो चरणमा १७ खेलाडी छनोट गर्दा सुनितासहित आरती सुवेदी, सलिना बुढा मगर र सुमित्रा रेग्मी बाहिरिएका हुन् । संघले फागुन पहिलो साता प्रारम्भिक चरणमा २१ खेलाडी छनोट गर्दै प्रशिक्षण सुरुवात गरेको थियो ।
विभागीय त्रिभुवन आर्मी क्लबकी सुनिता नेपालले दुई पटक सेन्ट्रल जोनको उपाधि जित्दा तथा सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत दिक जित्दा टोलीकी महत्वपूर्ण सदस्य थिइन् । नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर आरती यसअघिको प्रशिक्षणमा रहेपनि अन्तिम टोलीमा अटाउन सकिनन् ।
यस्तै पहिलोपटक प्रशिक्षण क्याम्पमा परेकी होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी ओपन स्पाइकर सलिना बुढा मगर र मिडल ब्लकर सुमित्रा रेग्मीले पनि दोस्रो चरणमा स्थान बनाउन सकेनन् ।
नेपाली टोलीलाई बेल्जियन जान डे ब्रान्टले प्रशिक्षण दिइरहेका छन् । उनलाई जगदिश प्रसाद भट्ट, भरत यादव र कोपिला उप्रेतीले साथ दिइरहेका छन् ।
यसअघि जेठ ८ गतेबाट १५ गतेसम्म हुने भनिएको च्याम्पियनसिप अब जेठ ८ देखि १४ गतेसम्म हुने छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स भलिबल च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ ।
आयोजक तथा घरेलु टोली नेपालले जेठ ८ मा कीर्गिस्तानसँग खेल्दै काभा महिला भलिबल च्यालेन्ज कपको सुरुवात गर्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ ।
सात दिने प्रतियोगिताको सुरुवाती तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् । नेपालले जेठ ९ गते बंगलादेशसँग, र जेठ १० गते भारतसँग खेल्नेछ । समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।
दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । च्यालेन्ज कपमा कुल २० खेल हुनेछ । च्यालेन्ज कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकम र कान्तिपुर टेलिभिजनले गर्नेछन् ।
दोस्रो चरणको १७ सदस्यीय टोली : अरुणा शाही (गण्डकी), सरस्वती चौधरी (एपीएफ), निरुता ठगुन्ना (एपिएफ), कविता भट्ट (एपीएफ), पुजा चौधरी (एपीएफ), प्रतिभा माली (न्यु डायमण्ड), सलिना श्रेष्ठ (न्यु डायमण्ड), प्रगति नाथ (न्यु डायमण्ड), रिमा कुँवर (न्यु डायमण्ड), कृपा अधिकारी (आर्मी), साफिया पुन (आर्मी), सरस्वती जैशी (आर्मी), संगम महतो (आर्मी), उषा भण्डारी (पुलिस), कामना विष्ट (पुलिस), पुनम चन्द (पुलिस) र शन्तिकला तामाङ (पुलिस)
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।