2 years ago
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं रोलबल विश्व कपमा सहभागी हुन रोलबल टोली बिहीबार भारतको अरुणाचल प्रदेश प्रस्थान गर्ने भएको छ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
अप्रिल २१ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष-महिला दुवै टोली सहभागी हुनेछ । पुरुष टोलीमा अभिषेक मानन्धर (कप्तान), उज्ज्वल महर्जन, राज श्रेष्ठ, राहुल खत्री क्षेत्री, अन्शल श्रेष्ठ, विजय खनाल, विदूग श्रेष्ठ, इमोन यादव, समिप लामिछाने र सम्मान केसी रहेका छन् ।
महिला टोलीमा पासाङ याङ्जी शेर्पा (कप्तान), वितिशा महर्जन, प्रसीका बोहरा, रिया श्रेष्ठ, नयना शाक्य, आयुशषा बलामी, रिभा महर्जन, सुनिचा भाजु, अनुप्रिया तन्डुकार र रिती श्रेष्ठ छन् ।
नेपाल रोलबल संघका अध्यक्ष वीरकृष्ण महर्जनको नेतृत्वमा जाने टोलीको अफिसियलमा महासचिव डिकेश प्रधान, प्रशिक्षकमा सुनिल धागे, व्यवस्थापकमा शन्तबहादुर शाक्य र चिकित्शकमा मनीषकुमार शाह रहेका छन् । प्रतियोगितामा नेपालसहित २७ राष्ट्रको सहभागिता रहने रोलबल संघले जनाएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]