2 years ago
April 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ब्राइट फ्युचरले दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ ।
नैकापस्थित आफ्नै हातामा भएको खेलमा ब्राइट फ्युचरले शारदा माविलाई टाइ ब्रकेरमा ४–३ गोलअन्तरले पराजित ग¥यो ।
ब्राइट फ्युचर मावि प्लस टु विभागद्वारा आयोजित प्रतियोगितामा डायमन्ड, धु्रव तारा, नेरिक, नेपाल तारा, ग्रिन भिलेज, सञ्जय साइ विद्या मन्दिर, भक्ति इन्टरनेसनल, ब्राइट होराइजन, पद्मोदय, पिनाकल, क्यामेलिया, तिरुपति, प्रिमियर र बालवाटिकाले पनि सफलता हात पारेका छन् ।
प्रतियोगिताको अखिल नेपाल फुटबल संघका सदस्य पुरुषोत्तम थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा ३० टिम सहभागी छन् पहिलो हुने टिमले नगद ३० हजारसहित टिमका प्रत्येक सदस्यले ब्राइट फ्युचरमा प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति पाउने छन् ।
दोश्रोले २० हजार नगद पुरस्कारसहित प्लस टु अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छन् । त्यस्तै सहभागी हरेक टिमका खेलाडीले २५ प्रतिशत छात्रवृत्ति पाउने छन् ।
उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद पुरस्कारसंगै १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । अनुशासित टिमका खेलाडीले पनि १०० प्रतिशत छात्रवृत्ति पाउने छन् । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।