default_image

2 years ago

April 17, 2023

अभी र डिनालाई स्वर्ण

280 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका अभी डाँगी र मकवानपुरकी डिना गोपालीले १३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् ।

अभी छात्र तथा डिना छात्रामा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभीले ११.८ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । मकवानपुरका सुजन राई तथा चितवनका आशिष राउत तेश्रो भए ।

डिनाले दौड पूरा गर्न १३.९ सेकेन्ड समय लगाइन् । भक्तपुरकी स्वागता खइजु दोश्रो तथा चितवनकी रोजिना गुरुङ तेश्रो भए ।प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको छात्र ८ सय मिटर दौडमा नुवाकोटका दिनेश राईले स्वर्ण जिते ।

प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा दिनेशले २ मिनेट १०.४ सेकेन्ड समय निकाले । मकवानपुरका सुमन योञ्जनले रजत तथा सिन्धुलीका आशाराम अधिकारीले कांस्य जिते । सो स्पर्धाको छात्रामा २ मिनेट ४८.२ सेकेन्ड समयसाथ सिन्धुपाल्चोककी अस्मिता भुजेलले पहिलो स्थान हात पारिन् । नुवोकोटकी आस्था राई दोश्रो तथा दोलखाकी सुष्मा भुजेल तेश्रो बने ।

छात्र ट्रिपलजम्पमा चितवनका सुजितकुमार महतो शीर्ष स्थानमा रहे । उनले १३.२४ मिटर जम्प गरे । दोलखाका सुदिप मिजार दोश्रो तथा धादिङका सुवाल वल तेश्रो स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा ९.४९ मिटर जम्प गर्दै चितवनकी प्रनिशा महतो पहिलो बनिन् । काभ्रेकी विजया गिरी दोश्रो तथा भक्तपुरकी स्वागता खइजु तेश्रो भए ।

छात्र ज्याभ्लिन थ्रोमा मकवानपुरका सुमन योञ्जनले ४४.३२ मिटर थ्रो गर्दै स्वर्ण हात पारे । दोलखाका धनबहाुर तामाङले रजत तथा रामेछपका सञ्जय मोक्तानले कांस्य जिते । उक्त स्पर्धाको छात्रामा चितवनकी अप्सरा श्रेष्ठ पहिलो भइन् । अप्सराले २८.५३ मिटर टाढा फालिन् । धादिङकी अप्सरा सुनुवार दोश्रो तथा रामेछापकी अरुणा मानन्धर तेश्रो भए ।

मार्सल आर्ट्समा काठमाडौंले ‘क्लिन स्विप’ गरेको छ । करातेमा ६ स्वर्ण, उसुमा ४ स्वर्ण र तेक्वान्दोमा ३ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बन्न सफल भयो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.