default_image

2 years ago

April 17, 2023

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले १४ खेल आयोजना गर्ने

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विभिन्न १४ खेलको प्रतियोगिता आयोजना गर्ने भएको छ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सोमबार पत्रकार सम्मेलनमा पहिलो संस्करणमा ७ खेलको प्रतियोगिता आयोजना गरिएकोमा यसपटक ७ खेल थप गरी १४ खेलको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए ।

विविध खेलकुदअन्तर्गत मंगलबारदेखि राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगिता हुने भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा यु–१५ र यु–१९ ब्वाइज र गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ८ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । क्वाटरफाइनल पुग्ने खेलाडीलाई ३ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

सातै प्रदेशमा बैशाख २७ गतेदेखि मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।

पोखरामा जेठ २३ गतेदेखि केपी ओली कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता हुनेछ । ६ टिमको सहभागिता रहने पूर्व क्रिकेटर शक्ति गौचनले जानकारी गराए । त्यसमा भारतबाट पनि १ टिमले सहभागिता जनाउने बताइएको छ । विजेताले १० लाख तथा उपविजेताले ५ लाख नगद पुरस्कार जित्नेछन् । उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

बैशाख २८ गतेदेखि सातै प्रदेशमा मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरिने छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् ।

जेठ ४ गतेदेखि त्रिपुरेश्वरस्थित कभर्डहलमा खुला पुरुष तथा महिला बास्केटबल हुनेछ । पहिलो हुने टिमले १ लाख ५० हजार तथा दोश्रोले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।

झापाको विर्तामोडमा बैशाख २० गतेदेखि राष्ट्रव्यापी कराते प्रतियोगिता हुने तालिका छ । विभिन्न १५ स्पर्धा समावेश प्रतियोगितामा एक इभेन्टका पदक विजेतालाई जम्मा २५ हजार नगद पुरस्कार तोकिएको छ । भक्तपुरमा बैशाख १९ गतेदेखि राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुनेछ ।

बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता बैशाख २५ देखि काठमाडौंमा हुनेछ । पहिलोले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजार पाउनेछन् ।

खुला मधेश प्रदेश डोरी तान प्रतियोगिता सप्तरीमा असार २२ गते हुनेछ । पहिलो हुने टिमले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार हात पार्ने छन् । सुर्खेतमा रेस्लिङ जेठ ३१ गते हुनेछ । विभिन्न ६ स्पर्धा समावेश प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख रुपैयाँ रहेको छ ।

बैशाख २५ गतेदेखि भक्तपुरमा खुला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता हुनेछ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानमा पहिलो हुनेले ५० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजार नगद पुरस्कार हात पार्ने छन् ।

बुटवलमा असार २ गतेदेखि राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुनेछ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २० हजार, १० हजार र ७ हजार नगद पुरस्कार पाउने छन् । बुटवलमै विद्यालयलाई लक्षित गरी आत्मरक्षा तालिम जेठ ३ देखि ५ गतेसम्म हुनेछ ।

सातै प्रदेशमा असार १ गतेदेखि मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय फुटसल प्रतियोगिता हुनेछ । पहिलो हुनेले १ लाख तथा दोश्रोले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता बाहेक काठमाडौंमा जेठ ३ गते खेलकुद विकास अन्तरक्रिया सञ्चालन गरिने छ । कार्यक्रम सम्पन्न करिब ७ करोड २८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.