2 years ago
April 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ब्राइट फ्युचर मावि प्लस टु विभागको आयोजनामा दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३० टिमको सहभागिता रहने ब्राइट फ्युचरका संस्थापक अध्यक्ष मोहन कार्कीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पहिलो संस्करणमा २३ टिम सहभागी थिए ।
विजेताले ३० हजारसहित टिमका प्रत्येक सदस्यले ब्राइट फ्युचरमा प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति पाउनेछन् । दोश्रोले २० हजार नगद पुरस्कारसहित प्लस टु अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छन् ।
त्यस्तै सहभागी हरेक टिमका खेलाडीले २५ प्रतिशत छात्रवृत्ति पाउने छन् । उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद पुरस्कारसंगै १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।
अनुशासित टिमका खेलाडीले पनि १०० प्रतिशत छात्रवृत्ति पाउने प्रतियोगिता संयोजक सरोज महर्जनले जानकारी गराए । तीनदिने नकआउट प्रतियोगिताका खेलहरु नैकापस्थित आयोजक ब्राइट फ्युचरको आफ्नै हातामा खेलाइने छ ।
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – करातेका राष्ट्रिय च्याम्पियन खेलाडी मोहम्मद शेखु आलम अमेरिकामा नगदसहित सम्मानित भएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लबले आलमलाई १ हजार अमेरिकी डलर (१ लाख ३७ हजार रुपैयाँ) र सम्मान पत्रले सम्मानित गरिएको ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा […]
April 15, 2025
एजेन्सी – च्याम्पिन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा आज मध्यरातमा पेरिस सेन्ट-जर्मेन (पिएसजी) र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुँदैछ। पिएसजी ३-१ को अग्रता सहित भिल्ला पार्क जाँदैछ। जहाँ भिल्ला अक्टोबर यता अपराजित छ र यसअघि नै बायर्न म्युनिखलाई पनि हराएको थियो। नेयमार, लियोनल मेस्सी र पछिल्लो समय किलियन एम्बाप्पेले क्लब छाडेसँगै प्रशिक्षक लुइस एनरिकेले युवा र उदाउँदा […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छिन् काजललाई न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आफ्नै एकेडेमीमा स्वागत गर्दै नगद र सम्मान पत्रले सम्मानित गरिएको हाे । काजललाई एसियाडका कास्य तथा सागका स्वर्ण र रजत विजेता मनिता शाहीबाट ३ सय अमेरिकी डलर र पुष्प थापा मगरबाट १ सय […]