default_image

2 years ago

April 16, 2023

स्ट्रिट वर्कआउट शनिबार

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युथ फिटनेश एण्ड केलिस्थेनिक्स (एनवाईएफसी) संस्थाको आयोजनामा पाँचौ राष्ट्रब्यापी स्ट्रिट वर्कआउट प्रतियोगिता शनिबार हुने भएको छ ।

हिमालयन क्विस्टा प्रोको (प्रोटिन सप्लिमेन्ट कम्पनी) मुख्य प्रायोजनमा नारायण चौर नक्सालमा शनिबार हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

बार वर्कआउट र सर्किट वर्कआउट गरि दुई विधामा हुने प्रतियोगितामा पुरुष बार, पुरुष सर्किट, महिला सर्किट, सिनियर ४० बर्ष माथिको सर्किट र अन्डर १६ बार गरि ५ समूहमा नेपालभरिबाट ३५० देखि ४०० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसबाट छनोट भएका अन्तिम २ सय खेलाडीले फाईनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

बार वर्कआउट र सर्किट वर्कआउटको संयुक्त विधामा कम समयमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विजयी घोषित गरि फिटनेश एथलेट उपाधिसहित नगद ५१ हजारका साथ स्वर्ण पदक र प्रमाण पत्र प्रदान गरिनेछ ।

विधागत प्रथम, द्वितीय तथा तृतीय हुने खेलाडीले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिने छ । प्रतियोगिताको अनुमानित बजेट २० लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.