2 years ago
April 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकका टीकाराम लोप्चन र काठमाडौंकी सोनु घतानीले १३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा स्वर्ण जितेका छन् ।
दशरथ रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा छात्रमा टीकारामले ४ मिनेट ३१.५ सेकेन्डमा दौड पूरा गरे । ललितपुरका प्रवीण लिम्बू दोश्रो तथा नुवाकोटाका दिनेश राई तेश्रो भए ।
छात्रामा सोनुले निर्धारित दूरी ५ मिनेट ३६.३ सेकेन्डमा तय गरिन् । दोलखाकी खिरकुमारी खड्का दोश्रो तथा काठमाडौंकी आयुष्मा आचार्य तेश्रो भए ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको छात्र हाइजम्पमा सिन्धुपाल्चोकका नवीन खड्गी पहिलो भए । नवीनले १.७३ मिटर उचाई नाघे । चितवनका समिर चौधरी दोश्रो तथा धादिङका रोजन श्रेष्ठ तेश्रो बने ।
छात्रामा १.३३ मिटर उचाई नाघेकी काठमाडौंकी अनु भुषाल शीर्ष स्थानमा रहिन् । धादिङकै शषिता तामाङ दोश्रो तथा काठमाडौंकी अस्विना कार्की तेश्रो बने ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगिताको छात्र ४ सय मिटर दौडमा मकवानपुरका आयुश नेगीले स्वर्ण जिते । आयुशले निर्धारित दूरी ५४.६२ सेकेन्डमा पूरा गरे । काभ्रेका प्रदीप माझीले रजत तथा काठमाडौंका सन्तबहादुर दराईले कांस्य जिते ।
सो स्पर्धाको छात्रामा नुवाकोटकी आस्था राईले निर्धारित दूरी १ मिनेट १०.८१ सेकेन्डमा सकाउदै पहिलो बनिन् । रामेछापकी भगवती खड्का दोश्रो तथा भक्तपुरकी उर्जा मधिकर्मी तेश्रो भए ।
छात्र सटपुटमा रसुवाका विश्वास घले प्रथम भए । उनले १२.५२ मिटर टाडा फाले । दोलखाका जगनबहादुर श्रेष्ठ द्वितीय तथा काभ्रेका समिर शाह तृतीय भए । उक्त स्पर्धाको छात्रामा चितवनकी अप्सरा श्रेष्ठले पहिलो स्थान हात पारिन् । अप्सराले ८.१० मिटर टाडा फालिन् । रामेछापकी सजिना तामाङ दोश्रो तथा सिन्धुपाल्चोककी विस्म तामाङ तेश्रो भए ।
छात्र ४ गुणा १ सय मिटर रिलेमा मकवानपुर पहिलो, चितवन दोश्रो तथा सिन्धुली तेश्रो भए । सो स्पर्धाको छात्रामा चितवन, धादिङ र भक्तपुर क्रमशः शीर्ष तीन स्थानमा रहे ।
प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टटेलले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन् । विभिन्न १३ जिल्लाका १ हजार २ सय ७० खेलाडीले ५० स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]