2 years ago
April 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका ओपन स्पाइकर टेकराज अवस्थी प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।
एपिएफलाई च्याम्पियन बनाउँन महत्वपूर्ण प्रदर्शन गरेसँगै उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी बनेका हुन् । सर्वाेत्कृष्ट बनेसँगै उनले १५ हजार रुपैया र ट्रफी प्राप्त गरे । व्यक्तिगत विधामा पनि एपिएफले वर्चश्व जमाएकाे छ ।
एपिएफका लोकेन्द्र गिरी सेटर, सुनिल घर्ती मगर ब्लकर, विनोद चन्द लिवेरो र महेश प्रसाद चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । आर्मीका धन बहादुर भट्ट क्षेत्री स्पाइकर र पुलिसका इम राना मगर उत्कृष्ट सर्भर चुनिए । उत्कृष्ट सबैले जनही १० हजार रुपैयाँसँगै ट्रफी प्राप्त गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनलमा एपिएफले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको छ ।
पहिलो सेट २५–२० ले जितेको एपिएफले दोस्रो सेट १८–२५ ले गुमाउन पुग्यो । त्यसपछिको दुवै सेट एपिएफले २५–१६ र २५–२२ ले जित्दै वर्षको पहिलो उपाधि जित्न सफल भयो ।
यस जितसँगै एपिएफले समूह चरणमा भोगेको हारको बदला लिन सफल भयो । एपिएफ समूह चरणमा ३–० को सोझो सेटमा पराजित भएको थियो ।
च्याम्पियन बनेसँगै एपीएफले ४ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको छ । आर्मीले गण्डकी प्रदेशलाई २५–१८, २५–११ र २९–२७ ले पाखा लगायो । तेस्रो भएको आर्मीले १ लाख तथा चौथो भएको गण्डकीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
पोस्टबहादुरका उत्कृष्टहरु
सर्वाेत्कृष्ट – टेकराज अवस्थी (एपिएफ)
स्पाइकर – धन बहादुर भट्ट क्षेत्री (आर्मी)
सेटर – लोकेन्द्र गिरी (एपिएफ)
ब्लकर – सुनिल घर्ती मगर (एपिएफ)
सर्भर – इम राना मगर (पुलिस)
लिवेरो – विनोद चन्द (एपिएफ)
प्रशिक्षक – महेश प्रसाद चौधरी (एपिएफ)
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।