2 years ago
April 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले वर्षको सुरुवातमै उपाधि जित्न सफल भएको हो ।
प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २५–२० ले जितेको एपिएफले दोस्रो सेट १८–२५ ले गुमाउन पुग्यो । त्यसपछिको दुवै सेट एपिएफले २५–१६ र २५–२२ ले जित्दै वर्षको पहिलो उपाधि जित्न सफल भयो । यस जितसँगै एपीएफले समूह चरणमा भोगेको हारको बदला लिन सफल भएको छ । एपिएफ समूह चरणमा ३–० को सोझो सेटमा पराजित भएको थियो ।
च्याम्पियन बनेसँगै एपीएफले ४ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको छ । आर्मीले गण्डकी प्रदेशलाई २५–१८, २५–११ र २९–२७ ले पाखा लगायो । तेस्रो भएको आर्मीले १ लाख तथा चौथो भएको गण्डकीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा एपीएफका टेकराज अवस्थी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
अन्य विधागततर्फ स्पाइकरमा आर्मीका धनबहादुर भट्ट, लिब्रोमा एपीएफका विनोद चन्द, सेटरमा एपीएफका लोकेन्द्र गिरी, ब्लकरमा एपीएफका सुनिल घर्ती मगर, सर्भरमा पुलिसका इम राना मगर तथा प्रशिक्षकमा एपीएफका महेश प्रसाद चौधरी उत्कृष्ट चुनिए । उत्कृष्ट सबैले जनही १० हजार नगद पुरस्कार जिते ।
विजेतालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक प्रतिष्ठानका अध्यक्ष श्रीकृष्ण अधिकारी र महासचिव निर्मल आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चैत २८ गतेदेखि सुरु लिग कम नकआउट प्रतियोगितामा ५ टिम सहभागी थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।