2 years ago
April 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रुदेन्द्र नारायण श्रेष्ठ र सुदिक्षा शाहले छैटौं स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगिताको उपाधि जितेका छन् ।
नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिरले नयाँ वर्ष २०८० को अवसरमा आयोजना गरेको प्रतियोगितामा रुदेन्द्र पुरुषतर्फ तथा सुदिक्षमा महिलामा पहिलो भएकी हुन् ।
क्लबका प्रशिक्षार्थीहरुबीच गरिएको उक्त प्रतियोगितामा प्रथम हुने रुदेन्द्रले बेन्च प्रेस र स्क्वाट र डेडलिफ्टका प्रत्येक तीन सेटमा गरी कुल ३ सय ५५.४१ किलोग्राम तौल उचालेका थिए । त्यस्तै, सबिर मानन्धरले ३ सय ५.७८ र श्रीखण्ड रामले ३ सय ४.२४ केजी तौल उचालेर दोस्रो र तेस्रो स्थान हासिल गरे ।
त्यस्तै, महिलातर्फ २ सय २० किलोग्राम उचालेर सुदिक्षाले प्रथम स्थान हासिल गरिन् । महिलातर्फ इशा शाही दोस्रो र करुणा बस्नेत तेस्रो भईन् । इशाले २ सय पाँच र करुणाले १ सय ९० केजी उचालेका थिए ।
उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दस, पाँच र तीन हजार नगद तथा विजेताले ट्रफी प्राप्त गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]